+

कोपा डेल रे : एट्लेटिकोलाई दोस्रो लेगमा ३-० ले हराएपनि बार्सिलोना बाहिरियो

२०८२ फागुन  २० गते ७:४६ २०८२ फागुन २० गते ७:४६
कोपा डेल रे : एट्लेटिकोलाई दोस्रो लेगमा ३-० ले हराएपनि बार्सिलोना बाहिरियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोना स्पेनिस 'कोपा डेल रे' फुटबलबाट समग्रमा ४–३ ले पछि परेर बाहिरिएको छ।
  • एट्लेटिको मड्रिडले पहिलो लेगमा ४–० को जितपछि फाइनलमा स्थान बनाएको छ।
  • एट्लेटिकोले सन् २०१३ पछि पहिलो पटक कोपा डेल रे फाइनलमा प्रवेश गरेको छ।

२० फागुन, काठमाडौं । साविक विजेता बार्सिलोना स्पेनिस ‘कोपा डेल रे’ फुटबलबाट बाहिरिएको छ भने एट्लेटिको मड्रिड फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनाले ३–० को जित निकाले पनि समग्रमा ४–३ ले पछि परेपछि प्रतियोगिताबाट बाहिरिनुपर्‍यो।

पहिलो लेगमा एट्लेटिकोले ४–० को फराकिलो जित निकालेको थियो। त्यसकै आधारमा उसले समग्र अग्रता जोगाउँदै फाइनलमा स्थान बनायो। एट्लेटिको सन् २०१३ पछि पहिलो पटक कोपा डेल रे फाइनलमा पुगेको हो।

दोस्रो लेगमा बार्सिलोना आक्रामक देखिएको थियो। १८ वर्षे मार्क बर्नालले दुई गोल गरे भने राफिन्हाले पेनाल्टीमार्फत एक गोल थपे। खेलभरि बार्सिलोनाले दबाब बनाए पनि समग्र नतिजा उल्ट्याउन सकेन।

बर्नालले पहिलो हाफको २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । इन्जुरी समयमा राफिन्हाले पेनाल्टीमार्फत गोल गरे । ७२औं मिनेटमा बर्नालले गोल गरेपनि त्यसपछि थप गोल हुन सकेन ।

एट्लेटिकोले अन्तिम समयसम्म रक्षात्मक खेल्दै अग्रता जोगायो। अब फाइनलमा एट्लेटिकोले रियल सोसिडाड वा एथ्लेटिक बिल्बाओमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

एट्लेटिको मड्रिड कोपा डेल रे बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय