+
+
Shares

बागलुङका ५३ कैदीबन्दीलाई कारागारमै मतदानस्थल

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते ९:१३

२० फागुन, बागलुङ । बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको छ ।

बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीलाई कारागारमै भोट हाल्ने व्यवस्था मिलाइएको छ ।

यस्तै कर्मचारी लगायत रोजगारीका लागि बागलुङमा बस्नेहरुका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत भोट हाल्ने व्यवस्था मिलाएको छ ।

मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले कारागारमा रहेका ५३ जना मतदातालाई कारागार भित्रै मतदानकेन्द्रको स्थापना गरी भोट हाल्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । ‘विभिन्न मुद्दामा कारागारमा सुधारको जीवन बिताइरहेकालाई मसेत मतदतानको अधिकार राज्यले दिन खोजेको हो, उहाँहरुसँग भएको मतदाता परिचयपत्रका आधारमा कारागारभित्रै समानुपातिक मत जाहेर गर्ने व्यवस्था मिलाइएको छ’, अधिकारीले भनिन् ।

उनका अनुसार जिल्लामा रहेर कार्यव्यस्तताका कारण मतदानकेन्द्रमा भोट हाल्न जान नसक्नेलाई समानुपातिक मत हाल्ने व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हाल्ने व्यवस्था मिलाइएको हो ।

सुरक्षा संवेदनशीलता मतदाताको संख्या घटबढ तथा पायक पर्ने स्थान लगायतका कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३०  स्थायी मतदान केन्द्र कायम गरिएको हो ।

यस्तै दुई मतदानस्थललाई स्थानान्तरण समेत गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालनको अन्तिम तयारी थालिएको छ । सुरक्षाकर्मीहरु भने निर्वाचन क्षेत्रतर्फ लागिसकेको प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिए । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?