+
+
Shares

मोरङमा निर्वाचनको सबै तयारी पूरा

बिहीबार हुने निर्वाचनका लागि मोरङ जिल्लाका सबै मतदान स्थलहरूमा तयारी पूरा भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ जिल्लाका सबै मतदान स्थलहरूमा आवश्यक सामग्री र जनशक्ति पुगेका छन् र मतदान स्थल तयार भइसकेको छ।
  • मतपेटिका संकलनपछि सर्वदलीय बैठक आह्वान गरिने र २४ घण्टाभित्रै मतगणना पूरा गरिने लक्ष्य राखिएको छ।
  • मोरङका ६ निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै मतगणना स्थल तयार पारिएको छ र सुरक्षा सतर्कता बढाइएको छ।

२० फागुन, विराटनगर । बिहीबार हुने निर्वाचनका लागि मोरङ जिल्लाका सबै मतदान स्थलहरूमा तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरूमा आवश्यक सामग्री र जनशक्ति पुगिसकेका छन् । मतदानस्थल पनि तयार भइसकेको छ । भोलि बिहानैदेखि मतदान सुरु हुनेछ।

मतदान सकिएलगत्तै सबै क्षेत्रका मतपेटिकाहरू सम्बन्धित मतगणना स्थलमा ल्याउने तयारी छ । भौगोलिक विकटताका कारण क्षेत्र नम्बर १ का केही स्थानबाट मतपेटिका ल्याउन केही समय लाग्ने मुख्य निर्वाचन अधिकृत गुरुङले जानकारी दिए।

उनका अनुसार मिक्लाजुङ गाउँपालिका–१ र केराबारी–२ को पहाडी क्षेत्रबाट मतपेटिका मुख्य केन्द्रसम्म ल्याउन करिब ४ घण्टा लाग्नेछ । अन्य क्षेत्रबाट भने मतदान सकिएको केही समयभित्रै मतपेटिका आइपुग्ने उनले बताए।

मतगणना स्थल पनि तयार भइसकेको छ । मतगणना स्थलमा तारजाली सीसी क्यामेरा जडान गरिएको छ । मतपेटिका संकलन भएलगत्तै सर्वदलीय बैठक आह्वान गरिने र त्यसपछि तुरुन्तै मतगणना सुरु गरिने उनले बताए।

मतगणना कार्यलाई चुस्त बनाउन पर्याप्त जनशक्ति परिचालन गरिएको र गणना सुरु भएको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको गुरुङको भनाइ छ ।

कहाँ-कहाँ हुनेछ मतगणना ?

मोरङका ६ वटा निर्वाचन क्षेत्रका लागि छुट्टाछुट्टै स्थानमा मतगणनाको व्यवस्था मिलाइएको छ । क्षेत्र नम्बर १ काे उर्लाबारी नगरपालिका कार्यालयमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ काे विश्वनाथ मन्दिर, सिजुवा, क्षेत्र नम्बर ३ काे भगवती माध्यमिक विद्यालय, बेलबारी, क्षेत्र नम्बर ४ काे जनता नमुना माध्यमिक विद्यालय विराटनगर, क्षेत्र नम्बर ५ काे सुनसरी-मोरङ सिँचाइ आयोजनाको कार्यालय, विराटनगर र क्षेत्र नम्बर ६ काे आदर्श माध्यमिक विद्यालयमा हुनेछ ।

विराटनगर निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा सतर्कता बढाइएको माेरङका माेरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?