News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा आर्सनलले ब्राइटनलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा ६७ अंकसहित अग्रता बढाएको छ।
- म्यान्चेस्टर सिटीले घरेलु मैदानमा नटिङहम फरेस्टसँग २-२ को बराबरी खेलेको छ।
- सिटीको ६० अंक छ र उनीहरू दोस्रो स्थानमा छन्, ब्राइटन १३औं र नटिङहम १७औं स्थानमा छन्।
२१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता फराकिलो बनाएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटी बराबरीमा रोकिएपछि आर्सनलले जित निकाल्दै अग्रता बढाएको हो ।
गएरातिको खेलमा आर्सनलले ब्राइटनलाई १-० ले पराजित गर्यो । आर्सनलको जितमा बुकायो साकाले नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले जुरियन टिम्बरको एसिस्टमा गोल गरेका थिए ।
यता सिटी भने घरेलु मैदानमा नटिङहम फरेस्टसँग २-२ को बराबरीमा रोकियो । खेलको ३१औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा ५६औं मिनेटमा मोर्गान गिब्स ह्वाइटले गोल गर्दै खेल बराबरीमा ल्याए। ६२औं मिनेटमा रोड्रीले गोल गरेपछि सिटी फेरि अगाडि आएको थियो ।
७६औं मिनेटमा नटिङहमका एलियट एन्डरसनले गोल गर्दै सिटीको जित खोसे ।
यो नतिजापछि शीर्षस्थानको आर्सनलको ३० खेलमा ६७ अंक भएको छ । एक खेल कम खेलेको सिटी ६० अंकसहित दोस्रो स्थानमा छ ।
ब्राइटन ३७ अंकसहित १३औं तथा नटिङहम २८ अंकसहित १७औं स्थानमा छ ।
प्रतिक्रिया 4