News Summary
Generated by OK AI. Editorially reviewed.- चेल्सीले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई ४-१ गोलअन्तरले हराएको छ।
- जोआओ पेड्रोले ह्याट्रिक गर्दै चेल्सीको जितमा मुख्य भूमिका खेलेका छन्।
- चेल्सीले २९ खेलबाट ४८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।
२१ फागुन, काठमाडौं । जोआओ पेड्रोले ह्याट्रिक गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लामाथि फराकिलो जित हासिल गरेको छ ।
चेल्सीले एस्टन भिल्लालाई उसैको मैदानमा ४-१ गोलअन्तरले हराएको हो । चेल्सीको जितमा पेड्रोको ह्याट्रिकसँगै कोल पाल्मरले एक गोल गरे ।
खेलमा अग्रता भने एस्टन भिल्लाले दोस्रो मिनेटमै लिएको थियो । डगलस लुइजले गोल गर्दै अग्रता दिलाएका थिए ।
३५औं र इन्जुरी समयमा पेड्रोले गोल गर्दै पहिलो हाफमै चेल्सीलाई अग्रतामा फर्काए । ५५औं मिनेटमा पाल्मरले गोल गरे भने ६४औं मिनेटम पेड्रोले ह्याट्रिक पूरा गर्दै ४-१ को जित दिलाए ।
जितपछि २९ खेलबाट ४८ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । ५१ अंक भएको एस्टन भिल्ला चौथोमै छ ।
प्रतिक्रिया 4