+
+
Shares

रुकुमपूर्व पुगेर प्रचण्डले भने – म फेरि संकट मोचन गर्न आएँ

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८२ फागुन २१ गते १२:१६

२१ फागुन, रुकुमपूर्व । चितवनमा मतदान गरेर नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड हेलिकप्टर चढेर रुकुमपूर्व पुगेका छन् । बिहीबार बिहान १०:४० बजे रुकुम ओर्लिएका प्रचण्डले केही मतदानस्थलको अवलोकन गरेका छन् ।

​सिस्ने गाउँपालिका-५ स्थित रुक्मेणी माध्यमिक विद्यालयमा रहेका तीनवटा मतदान केन्द्रको अवलोकन गर्दै प्रचण्डले मतदाताहरूसँग खुल्ला संवाद गरेका छन् । त्यसक्रममा उनले देश फेरि संकटमा रहेको बताउँदै रुकुमले निकास दिने दाबी गरे ।

​विगतको सशस्त्र विद्रोह र शान्ति प्रक्रियाको केन्द्रविन्दु रहेको रुकुमलाई प्रचण्डले पुनः एकपटक ‘राजनीतिक संकट मोचन’ को थलोका रूपमा चित्रण गरे । ‘देश अहिले विषम् र जटिल परिस्थितिबाट गुज्रिरहेको छ । इतिहास साक्षी छ । मुलुक संकटमा फस्दा रुकुमपूर्वले नै शान्ति प्रक्रियाको मार्गप्रशस्त गरेको थियो । आज फेरि देशलाई निकास दिनुछ र त्यो शान्तिको नयाँ लहर यही जिल्लाबाट सुरु हुनेछ ।’

​रुकुमपूर्वमा यसपटक प्रचण्ड एक्लै छैनन् । उनीसहित ११ वटा राजनीतिक दलहरू चुनावी मैदानमा छन्। तर, ‘हेभीवेट’ उम्मेदवारका रूपमा प्रचण्डको उपस्थितिले अन्य दलहरूलाई दबाबमा पारेको देखिन्छ।

चितवनमा मतदान गरेर सीधै कार्यक्षेत्र (रुकुम) फर्किएका प्रचण्डले आजको पूरा दिन मतदाताहरूसँगै बिताउने बताएका छन् ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?