२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा–४ स्थित श्री प्राथमिक विद्यालयमा मतदानका क्रममा बिहीबार दिउँसो केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
उक्त केन्द्रमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया र जिल्ला प्रहरी प्रमुख योगेन्द्र कुमार खड्का आफैं पुगेका थिए ।
उनीहरू पुगेर केहीबेरको छलफलपछि अहिले मतदान भइरहेको छ । यद्यपि सीडीओ र प्रहरी प्रमुख भने सोही केन्द्रमा तीन घण्टादेखि बसिरहेका छन् ।
यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो । केहीबेरअघि रास्वपा उम्मेदवार सिंह पनि पुगेका थिए ।
उनी पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन् । यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामराज कडरियाले भने केही ठाउँमा सामान्य विवाद भए पनि अहिले मतदान सहज रुपमा भइरहेको बताएका छन् ।
उनका अनुसार, अहिले समग्र जिल्लामा अवस्था सामान्य बनेको छ ।
‘पार्टीहरूका प्रतिनिधिबीच हल्का विवाद भएर अलिकति अशान्ति भएको जस्तो देखिएको मात्रै हो । तर सुचारु भइसकेको छ । मतदाता खुसी छन्,’ सीडीओ कडरियाले अनलाइनखबरसँग भने ।
साथै, उनले अहिले भइरहेका विवाद समाधान पनि भइसकेको जानकारी दिए ।
प्रतिक्रिया 4