+
+
Shares

१० दिने शिशु बोकेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु बोकेर काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा मतदान गर्न पुगेकी छन्।
  • उनी चुनाव प्रचारमा रहँदा १० दिनअघि निजामती अस्पताल बानेश्वरमा छोरालाई जन्म दिएकी थिइन्।

२१ फागुन, काठमाडौं । काठमाडौं प्रतिनिधिसभा क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शमा १० दिने शिशु (छोरा) बोकेरै मतदान गर्न पुगेकी छन् ।

चुनाव प्रचारप्रसारमा रहेकी उनी १० दिअघि निजामती अस्पताल बानेश्वरमा भर्ना भएकी थिइन् । उनले छोरालाई अस्पतालमै जन्म दिएकी हुन् ।

आज उनी १० दिने शिशु काखमा लिएरै मतदानका लागि पुगेकी हुन् ।

उनी चुनाव प्रचारकै क्रममा अस्पतालमा भर्ना भएकी थिइन् । केही दिन घरदैलो गर्दा भने उनी आफैँ श्रीमान्‌को सहारामा पुगेकी थिइन् । उनी अस्पताल भर्ना भएपछि भने पार्टीका नेता कार्यकर्ताले उनका लागि भोट माग्दै घरदैलो गरेका थिए ।

काठमाडौं १ मा रञ्जुसँगै नेपाली कांग्रेसका प्रबल थापा, राप्रपाका रवीन्द्र मिश्र, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी, नेकपा एमालेका मोहनराज रेग्मीसहित उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?