+
+
Shares

रोल्पामा आठघण्टामा ३९.३८ प्रतिशत मतदान

सुर्य प्रकाश बुढा मगर सुर्य प्रकाश बुढा मगर
२०८२ फागुन २१ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत २१ फागुन दिउँसो ३ बजेसम्म करिब ३९.३८ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
  • रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका छन्, जसमा महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० छन्।
  • मतदान शान्तिपूर्ण रूपमा भइरहेको र मतदाताको उत्साहजनक उपस्थित देखिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताउनुभयो।

२१ फागुन, रोल्पा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रोल्पामा मतदान सुरु भएको आठ घण्टाभित्रै करिब ३९.३८ प्रतिशत मत खसेको छ ।

रोल्पामा दिउँसो ३ बजेसम्म जिल्लाभर ३९.३८ प्रतिशतसम्म मतदान भएको निर्वाचन कार्यालय रोल्पाका सहायक निर्वाचन अधिकृत गोकर्ण लम्सालले जानकारी दिए।

जिल्लाको एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थित देखिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ जना मतदाता रहेका छन् । महिला मतदाता ७४ हजार ९ सय ७ र पुरुष मतदाता ७४ हजार ६ सय ९० जना छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?