+
+
Shares

डोल्पामा खस्यो ६१.५० प्रतिशत मत

पूर्ण सार्की पूर्ण सार्की
२०८२ फागुन २१ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा प्रतिनिधिसभा निर्वाचनको एउटा क्षेत्रका लागि दिउँसो ३ बजेसम्म ६१.५० प्रतिशत मत खसेको छ।
  • डोल्पामा कुल २४ हजार ११५ मतदाता छन्, जसमा १४ हजार ८ सय ३१ मत खसेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन्।
  • डोल्पामा ७० मतदान केन्द्र र ४१४ कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२१ फागुन, काठमाडौं । हिमाली जिल्ला डोल्पामा दिउँसो ३ बजेसम्म ६१.५० प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल मतदाताको ६१.५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जिल्लाका केही मतदान केन्द्रमा ढिलो गरी मतदान प्रक्रिया सुरु गरिएपनि मतदाताको उत्साहपूर्ण सहभागी रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डोल्पामा ११ हजार ९२८ पुरुष र १२ हजार १८७ महिला गरी कुल २४ हजार ११५ मतदाता रहेका छन् । जसमा १४ हजार ८ सय ३१ मत खसेको जनाइएको छ ।

जिल्लामा दुई वटा अस्थायीसहित ७० वटा मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचनका लागि ४१४ कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारी दिएको छ ।

लेखक
पूर्ण सार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?