+
+
Shares

गुल्मीको मतदानमा महिलाको उत्साहजनक सहभागिता

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २१ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी जिल्लामा २१ फागुनसम्म ९० हजार ०२४ मत खसेको छ, जुन कुल मतदाताको ३९.१८ प्रतिशत हो।
  • मतदानमा महिलाको सहभागिता पुरुषभन्दा बढी छ, ४८ हजार ६४३ महिलाले र ४१ हजार ३८७ पुरुषले मतदान गरेका छन्।
  • गुल्मीमा दुई निर्वाचन क्षेत्र छन्, क्षेत्र १ मा २१ र क्षेत्र २ मा २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

२१ फागुन, गुल्मी । गुल्मी जिल्लामा ३ बजेसम्म ९० हजार ०२४ मत खसेको छ, जुन कुल मतदाताको ३९.१८ प्रतिशत हो ।

अहिलेसम्म मतदान गर्नेमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिएको छ । यसअवधिमा ४८ हजार ६४३ महिलाले मतदान गर्दा पुरुषको संख्या ४१ हजार ३८७ छ ।

जिल्लामा कुल २ लाख २९ हजार ५४९ मतदाता छन् । तीमध्ये १ लाख १५,२१० महिला र १ लाख १४ हजार ३३७ पुरुष छन् । अन्य २ जना छन् । कूल मतदाताको संख्या करिब बराबरीजस्तै भए पनि मतदानमा महिलाको उल्लेख्य सहभागिता देखिएको हो ।

जिल्लामा १४५ मतदानस्थल र २८४ मतदान केन्द्र छन् । जिल्ला कारागारमा पनि अस्थायी मतदान केन्द्र सञ्चालनमा छ ।

दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा क्षेत्र नम्बर १ मा १ लाख २२ हजार १८६ मतदाता छन् । यहाँ ८३ मतदान स्थल र १५५ मतदान केन्द्र छन् । यो निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दलका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धामा रहेको क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत न्यायाधीश कृष्णप्रसाद पौडेल जानकारी दिए ।

गुल्मी क्षेत्र २मा भने १ लाख ७ हजार ३६३ मतदाता छन् । ६२ मतदानस्थल र १२९ मतदान केन्द्र रहेको गुल्मी २ मा २२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको  क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिवक्ता हरिहर पौडेलले बताए ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?