+
+
Shares

इरान युद्धमा सैन्य संलग्नताको सम्भावना नकार्न सकिँदैन : क्यानडाका प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १५:५६

२१ फागुन, काठमाडौ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले मध्यपूर्वमा बढ्दै गएको युद्धमा आफ्नो देशको सैन्य सहभागिता हुन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिने बताएका छन् ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा बिहीबार आफ्ना समकक्षी एन्थोनी अल्बानिजसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले भने , ‘हामी हाम्रा सहयोगीहरूको साथमा उभिनेछौँ । क्यानेडियनहरूको रक्षा सधैँ गर्नेछौं ।’

यद्यपि, उनले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण ’अन्तर्राष्ट्रिय कानुन विपरीत’ देखिएको टिप्पणी समेत गरेका छन् । प्रधानमन्त्री कार्नीले शनिबार सुरु भएको यस आक्रमणका बारेमा क्यानाडालाई अग्रिम जानकारी नदिइएको र सहभागी हुन पनि नभनिएको स्पष्ट पारे ।

उनले संयुक्त राष्ट्र संघ वा सहयोगी राष्ट्रहरूसँग परामर्श नगरी गरिएको यो सैन्य हस्तक्षेपले विश्व व्यवस्थामा गम्भीर असर पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे ।

यसैबीच, क्यानाडाकी विदेश मन्त्री अनिता आनन्दले मध्यपूर्वमा रहेका करिब २ हजार क्यानेडियनहरूलाई उद्धारका लागि पहल भइरहेको जानकारी दिएकी छिन् ।

विशेषगरी संयुक्त अरब इमिरेट्स, कतार र लेबनानमा रहेका आफ्ना नागरिकहरूलाई चार्टर उडानमार्फत सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?