+
+
Shares

काभ्रेको मतगणना भोलि बिहानदेखि

कपिल कोइराला कपिल कोइराला
२०८२ फागुन २१ गते २३:३४

२१ फागुन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मतगणना भोलिमात्र हुने भएको छ । काभ्रे १ र २ को केही स्थानको मतपेटिका आउन समय लाग्ने भएकाले शुक्रबार बिहानदेखि मात्रै गणना हुने प्रमुख निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जानकारी दिए ।

काभ्रे-२ मा शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । भुम्लु र बेथानचोकका केही मतपेटिका आउन बाँकी भएकाले संकलनपश्चात मात्रै गणना गर्ने सहमति भएको छ ।

‘शुक्रबार बिहान ८ बजे सर्वदलीय बैठक बसेपछि मात्र गणना थालिने छ,’ न्यौपानेले भने ।

काभ्रे-१ मा खानीखोला, महाभारत, तेमाल र चौरी गाउँपालिकाका सबै बुथ तथा रोशी र नमोबुद्धको केही बुथका मतपेटिका संकलन हुँदैछन् । ती मतपेटिका संकलन भएपछि शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि गणना सम्बन्धी निर्णय हुने निर्वाचन अधिकृत टीकाभुषण घिमिरेले जानकारी दिए ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?