+
+
Shares

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ८:४६

२२ फागुन, काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङख्रुङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पाँचखपन–८ चुङख्रुङस्थितभित्री सडकखण्डमा कल्लेरीबाट चुङख्रुङ जाँदै गरेको ग २ च ८५३७ नं.को जिपको ठक्करबाट पैदलयात्री ८७ वर्षीया वृद्धा सुकमाया तामाङको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए ।

बिहीबार बेलुकी जिपको ठक्करबाट गम्भीर घाइते भएकी सुकमायाको उपचारका क्रममा वाना आधारभूत अस्पताल मृत्यु भएको उनले बताए ।

प्रहरीले जिप चालक पाँचखपन–८ कल्लेरीका २५ दिपेश राईलाई नियन्त्रणमा लिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?