+
+
Shares

गोरखामा २३ मतदान केन्द्रको मतपेटिका आउँन बाँकी, हेलिकप्टरमार्फत ल्याउने तयारी

गोरखामा २३ वटा मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखामा २३ मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी छ, मुख्य निर्वाचन अधिकृतले भौगोलिक बिकटताका कारण हेलिबाट ढुवानी गर्नुपर्ने बताए।
  • गोरखा १ का मतदान केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी छ भने गोरखा २ का सबै मतपेटिका मतगणना स्थलमा आइसकेको छ।
  • गोरखामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्रमा २ लाख २९ हजार ५८ मतदाता रहेका छन् र सर्वदलिय बैठकले मतगणना सुरु गर्ने निर्णय गर्नेछ।

२२ फागुन, गोरखा । गोरखामा २३ वटा मतदान केन्द्रको मतपेटिका संकलन भइसकेको छैन । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केन्द्रबाट मतपेटिका ढुवानी हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भौगोलिक बिकटता कारण ती मतपेटिका हेलिबाट ढुवानी गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताए । ‘ती मतपेटिका लिन आज हेलि उड्छ,’ उनले भने, ‘बाँकी सबै मतदान केन्द्रको मतपेटिका हिजो राती नै आइसक्यो ।’

मतपेटिका ढुवानी हुन बाँकी रहेका मतदान केन्द्रहरु गोरखा १ मा पर्छन् । गोरखा २ को भने सबै मतपेटिका मतगणना स्थलसम्म आइसकेको गौतमले जानकारी दिए । ‘गोरखा २ को मतगणना सुरु गर्दै गर्ने की भन्ने पनि छ, दश बजे सर्वदलिय बैठक बसेर निर्णय गर्छाै,’ उनले भने । बिहीवार सम्पन्न निर्वाचनका लागि गोरखामा २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र निर्धारण गरिएको थियो । कुल मतदाता भने २ लाख २९ हजार ५८ कायम थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?