२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोक-१ को मतगणना ११ बजेदेखि सुरु भएको छ । सर्वदलीय बैठकपछि ११ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको हो ।
प्रत्येक वडाको छुट्टाछुट्टै गणना गरिने गरी सर्वदलीय सहमति भएको भएको छ । यस क्षेत्रमा १५ दलका र ३ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिष्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसका गुणराज मुक्तान, नेकपा एमालेले केन्द्रीय सदस्य अमि (अमित) लामा, नेपाली कम्यूनिष्ट पार्टीले चौरीदेउराली गाउँपालिकाका पूर्वअध्यक्ष दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवक्ता मधुकुमार चौलागाँई, उज्यालो नेपाल पार्टीले योगेन्द्र लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीले नवराज सत्याल र नेमकिपाबाट राजु तामाङ उम्मेदवार रहेका छन् ।
यस्तै, नेशनल रिपब्लिक नेपालबाट भरत तामाङ, मंगोलनेसनल अर्गनाइजेसनबाट कमलबहादुर लामा, जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समूहबाट कान्छा तामाङ उम्मेदवार छन् ।
प्रगतिशील लोकतान्तित्रक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामा, समावेशी समाजवादी पार्टीबाट पारलिंगी महिला विनोद लामा तथा राजेशकुमार श्रेष्ठ, युवराज चौलगाईं र जीवन लामा स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिक्रिया 4