+
+
Shares

टुंगिएन स्याङ्जा, धनुषा र दोलखा विवाद, आयोगको निर्णय कुर्दै निर्वाचन अधिकृत

स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदान विवाद टुंगिएको छैन र निर्वाचन आयोगले तत्काल निर्णय दिने बताएको छ।
  • दोलखाको मालुमा विवादपछि मतदान स्थगित भएको थियो र पछि माइकिङ गरेर मतदानका लागि बोलाइएको थियो।
  • दोलखामा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपा लगायतका दलका उम्मेदवार रहेका छन्।

२२ फागुन, काठमाडौं । स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् ।

निर्वाचन आयोगले तत्काल निर्णय दिने बताएको छ । ‘स्याङ्जा, धनुषा र दोलखा विवादको विषयमा छलफल गर्न केहीबेरमा आयोगको बैठक बस्छ र तत्काल निर्णय दिन्छ’ आयोगको उच्च स्रोतले भन्यो ।’

दोलखाको मालुमा विवाद भएको थियो । विवादपछि मतदान स्थगित भएको थियो । पछि माइकिङ गरेर मतदानका लागि बोलाइएको थियो । यो क्षेत्रमा राजनीतिक दलहरूले समेत निर्वाचन आयोगले उचित निर्णय दिनुपर्ने बताइरहेका छन् ।

दोलखामा रास्वपाबाट जगदीश खरेल, नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट विशाल खड्का, राप्रपाबाट प्रवीणकुमार थोकर तामाङलगायत उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?