News Summary
Generated by OK AI. Editorially reviewed.- टोटनहमले घरेलु मैदानमा क्रिस्टल प्यलेससँग ३-१ ले पराजित भएको छ ।
- इस्माइला सारले दुई गोल गर्दै प्यलेसलाई जित दिलाएका थिए ।
- टोटनहम २९ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ र रेलिगेसनको नजिक छ ।
२२ फागुन, काठमाडौं । टोटनहमले अग्रता लिएर पनि कायम राख्न नसक्दा प्रिमियर लिगमा घरेलु मैदानमै क्रिस्टल प्यलेससँग ३-१ ले पराजित भएको छ ।
प्यालेसका लागि इस्माइला सारले दुई तथा जोएरजेन स्ट्रान्ड लार्सेनले एक गोल गरे । टोटनहमका डोमिनिक सोलान्कले एक गोल गरे ।
सुरुमा प्यालेसले गोल गरेपनि त्यसले मान्यता पाएन । इस्माइला सारले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर भिएआर परिक्षण पछि उक्त गोलले मान्यता पाएन ।
सोलान्कले ३४औं मिनेटमा गोल गर्दै टोटनहमलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो कायम राख्न सकेन ।
३८औं मिनेटमा टोटनहमलाई दोहोरो धक्का लाग्यो । मिक्की भान डे रातो कार्ड पाउदै मैदान बाहिरिँदा क्रिस्टल प्यालेसले पेनाल्टी पायो । इस्माइला सारलाई फल गरेपछि भान डे भेनलाई सिधै रातो कार्ड देखाइएको थियो ।
सारले नै ४०औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गर्दै प्यालेसलाई अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी टाइममै प्यालेसले दुई गोल थप्यो । इन्जुरी टाइमको पहिलो मिनेटमा जोएरजेन स्ट्रान्ड लार्सेनले गोल गर्दै प्यालेसलाई २-१ को अग्रता दिलाए ।
इन्जुरी टाइमको सातौं मिनेटमै सारले व्यक्तिगत दोस्रो गोल गर्दै प्यालेसको अग्रता ३-१ पुर्याए ।
दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
यस सिजन लगातार खराब प्रदर्शन गरिरहेको टोटनहमको संकट झन् बढिरहेको छ । कतै टोटनहम रेलिगेसनमा पर्ने हो कि भन्ने चिन्ता बढिरहेको छ ।
टोटनहम २९ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ । रेलिगेसन जोनबाट टोटनहम एक अंकले मात्र अघि छ ।
जितपछि प्यालेस भने २९ खेलबाट ३८ अंक जोडेर १३औं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4