News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशका ६ जिल्लामा मतगणना जारी छ र सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, रुकुम पश्चिममा प्रारम्भिक परिणाम आएको छ।
- सुर्खेत–१ र दैलेख–१ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने सुर्खेत–२ मा नेकपा एमालेले अग्रता लिएको छ।
- कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी, जुम्लामा राप्रपा र रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
२२ फागुन, सुर्खेत । १० जिल्ला रहेको कर्णाली प्रदेशका ६ जिल्लामा मतगणना जारी छ । शुक्रबार दिउँसो १ बजेसम्म कर्णालीका ६ वटा जिल्लाका मतगणना चलिरहेको छ ।
सुर्खेतका दुवै क्षेत्र, दैलेख–१, कालिकोट, जुम्ला, रुकुम पश्चिममा प्रारम्भिक मत परिणाम आउन थालिसकेको छ भने सल्यानमा केही बेर अगाडि मात्रै सुरु भएको हो ।
प्रारम्भिक मत परिणाम अनुसार अहिलेसम्म सुर्खेत—१ र दैलेख—१ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । सुर्खेत—२ मा नेकपा एमालेले अग्रता लिएको छ ।
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी र जुम्लामा राप्रपाले अग्रता लिँदा रुकुम पश्चिममा प्रलोपाका जनार्दन शर्माले अग्रता लिएका छन् ।
सुर्खेत १ मा २ हजार ८६९ मत गणना गर्दा काँग्रेसका विष्णुकुमार खड्काले १ हजार ११३ मत पाएका छन् । रास्वपाका टेकबहादुर सिंहले ७१३ र एमालेका ध्रुवकुमार शाहीले ८२० मत पाएका छन् ।
सुर्खेत–२ मा सुरुमा काँग्रेसले अग्रता लिए पनि अहिले एमालेका कुलमणि देवकोटाले ३१६ मतसहित अग्रता लिएका छन् । काँग्रेसका नारायणकुमार कोइरालाले २१८, रास्वपाका रमेशकुमार सापकोटाले १२७ तथा नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले १०७ मत पाएका छन् ।
उता, दैलेख–१ मा काँग्रेसकी बासना थापा निरन्तर अगाडि छन् । उनले १ हजार ९४९ मतसहित अग्रता लिँदा एमालेका रविन्द्र शर्माले १ हजार ४७५ तथा रास्वपाका नन्दकिशोर बस्नेतले १ हजार २४ मतसहित पछ्याइरहेका छन् ।
कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाहीले निरन्तर अग्रता लिइरहेका छन् । शाहीले ४ हजार ८३६ मत पाएका छन् । काँग्रेसका हर्षबहादुर बमले ३ हजार ५९०, एमालेका नगीन्द्र शाहीले ३ हजार ४३२ मत तथा नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले २ हजार ३३९ मतले पछ्याइरहेका छन् ।
रास्वपाले ७९० मत मात्रै पाएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले निरन्तर अग्रता लिइरहेका छन् । नेकपाका नरेश भण्डारी दोस्रो स्थानमा छन् ।
रुकुम पश्चिममा पनि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले ४१२ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७, काँग्रेसका राजु केसीले ८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4