News Summary
Generated by OK AI. Editorially reviewed.- माथिल्लो डोल्पाको डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकाको १२ मतदान केन्द्रमा मतगणना सकिएको छ।
- नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले ९२६ मत पाउँदै अग्रता कायम राखेका छन्।
- शे-फोक्सुण्डो गाउँपालिकामा मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
२३ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको दुई पालिकाको मतगणना सकिएको छ ।
अहिले १ बजेसम्म जिल्लाको माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकाको १२ वटा मतदान केन्द्रका मतगणना सकिएको छ ।
प्राप्त परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढाले ९२६ मत प्राप्त गर्दै अग्रता कायम राखेकाछन्।
त्यस्तै उनलाई उनकै सहोदर दाई नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बूढाले २११ मत प्राप्त गरेका छन् ।
त्यसै गरी नेकपा एमालेका उम्मेदवार लंक बहादुर रोकाया ८८, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवसिंह ऐडीले ६६, उज्यालो नेपाल पार्टीका उम्मेदवार दिल बहादुर विष्टले ७ मत प्राप्त गरेका छन् ।
त्यस्तै राप्रपाका उम्मेदवार हरी प्रसाद डाँगीले २ मत र स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले १, प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार विकास बूढाले २ मत प्राप्त गरेका छन् ।
अहिले माथिल्लो डोल्पामा पर्ने शे- फोक्सुण्डो गाउँपालिका भित्रका मतदान केन्द्रको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया 4