२३ फागुन, काठमाडौं । देशभरका १३५ निर्वाचन अधिकृतहरु कार्यालयहरुमा मतगणना चलिरहेको छ । २७ ठाँउको नतिजा सार्वजनिक भइसकेको छ भने ३ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन । प्रत्यक्षतर्फ मतगणना सकिएको ठाउँमा समानूपातिकको गणना चलिरहेको छ । ताजा नतिजा अनुसार निम्नअनुसार छ –
झापा– ५ मा रास्वपा उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दा करिब ४ गुणा बढी मत पाएका छन् । शाहले ३२ हजार ३३६ मत पाएका छन् भने ओलीले ८ हजार ५१८ मत पाएका छन् ।
सर्लाही– ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा ३ हजार मतले पछि छन् । सिंहले ९ हजार ३७ मत पाउँदा थापाले ५ हजार ८५८ मत पाएका छन् ।
काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवाररू निर्वाचित हुने निश्चित भएको छ । ९ वटा क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक हुँदा काठमाडौं-२ मा मात्रै नतिजा आउन बाँकी छ ।
अहिलेसम्म एमाले उम्मेदवार १ ठाउँमा निर्वाचित भएका छन् । बाँके–२ बाट इस्तेहाक राई निर्वाचित भएका हुन् ।
कांग्रेसका ५ उम्मेदवार निर्वाचित भइसकेका छन् ।
समानूपातिकमा के छ ?
रास्वपा आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसभन्दा तेब्बर मतले अघि छ । देशभरमा कांग्रेसले ७५ सय मत पाउदा रास्वपाले करिब साढे २२ हजार मत पाएको छ ।
एमालेले रास्वपाले पाएको मतको करिब १० प्रतिशत मतमात्रै पाएको छ । एमालेभन्दा राप्रपाले बढी मत पाएको छ ।
प्रत्यक्षतर्फ मतगणना टुंगिएका क्षेत्रमा समानुपातिकमा मतगणना चलिरहेको हो ।
प्रतिक्रिया 4