+
+
Shares

सत्ताका पर्याय शरतसिंहलाई संसदीय ‘ब्रेक’

दशकौँदेखि सत्ता वरिपरि घुमिरहने, सरकार गठनसँगै मन्त्रीका रूपमा प्रवेश गर्ने शरतसिंह भण्डारीको राजनीतिक यात्रामा यो हारले ‘ब्रेक’ लगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरी–२ बाट जसपाका उम्मेदवार शरतसिंह भण्डारीले भारी मतान्तरले पराजित भएका छन्।
  • चार दशकभन्दा बढी समय सत्ता वरिपरि घुमिरहने भण्डारीको राजनीतिक यात्रामा यो हारले ब्रेक लागेको छ।
  • उनले १९ पटक मन्त्री बनेका थिए र विभिन्न महत्वपूर्ण मन्त्रालय सम्हालेका थिए।

२३ फागुन, काठमाडौं । महोत्तरीको राजनीतिक मैदानमा एउटा नाम लामो समयदेखि स्थिर छ- शरतसिंह भण्डारी पञ्चायतकालदेखि बहुदल र गणतन्त्रसम्म आइपुग्दा पनि उनी सत्ताको केन्द्रबाट कहिल्यै धेरै टाढा परेनन्।

तर यसपटकको निर्वाचनले त्यो लामो यात्रामा ‘ब्रेक’ लगाइदिएको छ।

महोत्तरी–२ बाट जसपाका उम्मेदवार भण्डारीले यसपटक हार बेहोरेका छन्। चार दशकभन्दा बढी समय सत्ता वरिपरि घुमिरहने उनको राजनीतिक यात्रामा यो परिणामले केही विश्राम लिएको छ । उनी रास्वपाका दीपककुमार साहसँग भारी मतान्तरले पराजित भए ।

२०११ साल असार २२ गते ललितपुरमा जन्मिएका भण्डारीको राजनीतिक यात्रा भने पञ्चायतकालमै सुरु गरेका थिए।

२०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य बनेर उनी पहिलोपटक राष्ट्रिय राजनीतिमा प्रवेश गरे। पाँच वर्षपछि २०४३ सालमा फेरि सोही पदमा निर्वाचित भएपछि उनको सत्ता–यात्राले गति लियो।

त्यतिबेला मरिचमान सिंहको नेतृत्वमा रहेको सरकारले उनलाई पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्री बनायो। त्यसपछि उनले वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हाले।

यसरी पञ्चायतकालमै उनले सत्ता सञ्चालनको अभ्यास सुरु गरिसकेका थिए।

प्रजातन्त्रपछि पनि उनको सत्तायात्रा टुटेन ।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायती व्यवस्था अन्त्य भयो। धेरै पञ्चायतकालीन नेता राजनीतिक रूपमा कमजोर बने।तर शरतसिंह भण्डारीको यात्रा भने त्यहीँ रोकिएन।

२०५१ सालको आम निर्वाचनमा उनले महोत्तरीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जिते। यही जितले उनी फेरि राष्ट्रिय राजनीति फर्किए ।

पछि उनी कांग्रेस प्रवेश गरे र २०५६ सालमा फेरि प्रतिनिधिसभा सदस्य निर्वाचित भए। त्यसपछि स्वास्थ्य, युवा तथा खेलकुदजस्ता मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए।

यसरी पञ्चायतबाट सुरु भएको उनको सत्ता–यात्रा बहुदलीय व्यवस्थामा पनि निरन्तर चलिरह्यो।

मधेश आन्दोलनपछि उनले राजनीतिक धार फेरे । कांग्रेसबाट मधेशवादी दलहरूमा फड्को मारे । पहिले मधेशी जनाधिकार फोरममा लागे ।  त्यसपछि राष्ट्रिय मधेशस समाजवादी पार्टी बनाए । पछि राष्ट्रिय जनता पार्टी बन्यो । त्यसपछि लोसपा बन्यो त्यही दललाई पनि मिलाएर अहिले जसपाल नेपालमा गएर यसपटक उम्मेदवार बनेका थिए ।

दल परिवर्तनको यो लामो श्रृंखला पार गर्दा उनी सत्ताको वरिपरि रहिरहे । राजनीतिक उतारचढावबीच पनि एउटा कुरा भने स्थिर रह्यो—सत्तासँग उनको निकटता।

विभिन्न समयमा उनले रक्षा, गृह, पर्यटन, श्रम, ऊर्जा र भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले। उनी १९ पटक मन्त्रीबने ।

यसपटक उनको सत्ताभोगी यात्रामा लागेको ‘ब्रेक’ लागेको छ । २०७४ र २०७९ का निर्वाचनमा महोत्तरी–२ बाट लगातार विजयी भएका भण्डारी यसपटक पनि त्यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।

तर यसपटक चुनावी परिणाम उनको पक्षमा आएन।

दशकौँदेखि सत्ता वरिपरि घुमिरहने, सरकार गठनसँगै मन्त्रीका रूपमा चर्चामा आउने शरतसिंह भण्डारीको राजनीतिक यात्रामा यो हारले ‘ब्रेक’ लगाएको छ।

चार दशक लामो सत्ता–यात्रा बोकेका शरतसिंह भण्डारीका लागि यो पराजय केवल चुनावी हार मात्र होइन, नेपाली राजनीतिमा बदलिँदो जनमतको नतिजा पनि हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?