News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पाकुमारी चौधरी ३८ हजार १ सय ९५ मत ल्याएर फराकिलो मतान्तरले विजयी भएकी छन्।
- दोस्रो स्थानमा स्वाभिमान पार्टीका सुमितकुमार ७ हजार ८ सय ४७ मत ल्याएका छन् भने चौधरीले ३० हजार ३ सय ४८ मतान्तरले जित हासिल गरिन्।
- कुल १ लाख १९ हजार ४३ मतदाता मध्ये ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए र यसअघि सप्तरी–४ मा पनि रास्वपाका सिताराम साह विजयी भइसकेका छन्।
२४ फागुन, सप्तरी । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भएकी छन् ।
उनले ३८ हजार १ सय ९५ मत ल्याइन् । दोस्रो बनेका स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८ सय ४७ मत ल्याउँदा कञ्चनरुप नगरपालिका–११, की ३६ वर्षीया चौधरीले ३० हजार ३ सय ४८ मतान्तरले निर्वाचित भएकी हुन् ।
यस्तै नेकपा एमालेका सुमनराज प्याकुरेलले ७ हजार ६ सय ५२, नेपाली कांग्रेसका रामदेव साह (तेली)ले ६ हजार ९ सय ९४, जयकान्त राउतले ४ हजार ८ सय ३३ मत ल्याए ।
जनता समाजावादी पार्टी नेपालका श्यामसुन्दर सरदारले २ हजार ५ सय ५८, नेपाली कम्युनिस्ट पार्टीका रवीन्द्र चौधरीले १ हजार ६ सय २६ मत ल्याए ।
कुल १ लाख १९ हजार ४३ जना मतदाता रहेको यस क्षेत्रमा ७७ हजार ९ सय ६९ जनाले मतदान गरेका थिए। यसअघि सप्तरी–४ मा पनि रास्वपाका सिताराम साह ३६ हजार ४ सय १२ मत ल्याएर निर्वाचित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4