News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको ३ लाख १३ हजार ४ सय रुपैयाँबाट ३ हजार ५ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि आइतबार प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार ४७५ रुपैयाँ पुगेको छ।
२४ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै आइतबार चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४७५ रुपैयाँमा कायम भएको छ ।
सार्वजनिक विदाका वावजुत पनि महासंघले यस दिन सुनचाँदीको भाउ तय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4