+

मिलान डर्बी : एकै सिजन एसी मिलानले दोस्रो पटक हरायो इन्टरलाई

२०८२ फागुन  २५ गते ९:५१ २०८२ फागुन २५ गते ९:५१
मिलान डर्बी : एकै सिजन एसी मिलानले दोस्रो पटक हरायो इन्टरलाई

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसी मिलानले डर्बी खेलमा इन्टर मिलानलाई १-० ले पराजित गर्दै अंकदूरी ७ मा झारेको छ ।
  • पर्भिस इस्तुपिनाले ३५औं मिनेटमा गरेको गोलले एसी मिलानलाई जित दिलाएको थियो ।
  • हारपछि इन्टरको २८ खेलबाट ६७ अंक र एसी मिलानको ६० अंक छ ।

२५ फागुन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत डर्बी खेलमा दोस्रो स्थानको एसी मिलानले शीर्ष स्थानको इन्टर मिलानलाई पराजित गर्दै अंकदूरी ७ मा झारेको छ ।

पर्भिस इस्तुपिनाले पहिलो हाफका गरेको एक मात्र गोल मदतमा एसी मिलानले इन्टरलाई १-० ले पराजित गर्दै उपाधि होड कायमै राखेको छ । इस्तुपिनानले ३५औं मिनेटमा गोल गरेका थिए ।

यस खेलअघि इन्टरले एसी मिलानमाथि १० अंकको अग्रता बनाएको थियो ।

तर यस सिजन एसी मिलानले लिगको दुबै खेलमा इन्टरलाई पराजित गर्दै ‘लिग डबल’ गर्न सफल भयो । यसअघि नोभेम्बरमा भएको पहिलो खेल पनि एसी मिलानले १-० ले नै जितेको थियो ।

यो खेल जितेको भए इन्टरले १३ अंकको अग्रता बनाउने थियो र तर इन्टरले हारपछि ६ अंक गुमाएजस्तो भएको छ ।

हारपछि पनि शीर्ष स्थानको इन्टरको २८ खेलबाट ६७ अंक छ । समान खेलबाट एसी मिलानले ६० अंक जोडेको छ ।

इटालियन सिरी ए इन्टर मिलान एसी मिलान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय