+
+
Shares

शपथ समारोहमा ढिलो पुगिन् रामकुमारी, एक्लै लिइन् शपथ

सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत ११ माघमा निर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ २५ फागुनमा सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको छ।
  • रामकुमारी झाक्री शपथ समारोहमा १५ मिनेट ढिलो २:१५ बजे पुगेकी थिइन् र अन्य सदस्यको शपथ सकिएको थियो।
  • झाक्रीले एक्लै शपथ ग्रहण गरिन् र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पद तथा गोपनियताको शपथ दिलाएका छन्।

२५ फागुन, काठमाडौं । गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ ।

सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् ।

२ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो ।

१५ मिनेट ढिलो पुगिकी रामकुमारीले पछि एक्लै शपथ ग्रहण गरिन् । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले निर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?