२५ फागुन, बारा । बाराका चार वटै निर्वाचन क्षेत्र जितेको रास्वपाले समानुपातिक तर्फ पौने २ लाख बढी मत पाएको छ ।
बाराबाट रास्वपाले १ लाख ७६ हजार ६७ समानुपातिक मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन प्रमुख नविन चौधरीका अनुसार रास्वापाले बा-१ मा ४२ हजार १ सय ७१, क्षेत्र नम्बर-२ मा ३९ हजार ६ सय १९, क्षेत्र नम्बर-३ मा ४३ हजार ८ सय ५६ र क्षेत्र नम्बर-४ मा ५० हजार ४ सय २१ मत प्राप्त गरेको छ ।
प्रत्यक्ष तर्फ बारा-१ बाट निर्वाचित गणेश धिमालले ३९ हजार ९ सय ९८, बारा-२ बाट निर्वाचित चन्दन सिंहले ३५ हजार ५ सय ९०, बारा-३ बाट निर्वाचित अरविन्द सिंहले ४० हजार ६ सय ९७, बारा-४ बाट निर्वाचित रहवर अन्सारीले ४१ हजार २ सय मत प्राप्त गरेका थिए ।
पुराना दलको नतिजा दयनीय
बारामा समानुपातिक तर्फ कांग्रेस दोस्रो भएको छ ।
कांग्रेसले जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल ३५ हजार ८ सय ३५ मत पाएको छ भने तेस्रो भएको नेकपा एमालेले ३० हजार ३ सय ५० मत पाएको छ ।
जनता समाजवादी पार्टीले २४ हजार ३ सय २४ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया 4