News Summary
Generated by OK AI. Editorially reviewed.- प्रिमियर लिगका म्यानचेस्टर सिटी र लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमा भिड्ने भएका छन्।
- आर्सनलले साउथह्याम्पटनको मैदान सेन्ट म्यारिजमा र चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्नेछन्।
- वेस्टह्यामले ब्रेन्टफोर्डलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गरी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
२६ फागुन, काठमाडौं । प्रिमियर लिगका दुई ठुला क्लब म्यानचेस्टर सिटी र लिभरपुल एफए कप फुटबलको क्वाटरफाइनलमै भिड्ने भएका छन् ।
गएराति सार्वजनिक ड्र अनुसार यी दुई टोली क्वाटरफाइनलमै आमनेसामने हुने भएका हुन् । यो खेल सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा हुनेछ ।
अर्का दुई ठूला क्लब आर्सनल र चेल्सीले भने केही सहज प्रतिद्वन्दी पाएका छन् । लण्डनका क्लबहरु आर्सनलले दोस्रो श्रेणी च्याम्पियनसिपको क्लब साउथह्याम्पटन तथा चेल्सीले तेस्रो श्रेणी लिग वानको टोली पोर्ट भलेसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
आर्सनलले साउथह्याम्पटनको मैदान सेन्ट म्यारिजमा गएर खेल्नेछ भने चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल्नेछ ।
यस्तै अर्को क्वाटरफाइनलमा प्रिमियर लिगकै दुई टोली लिड्स युनाइटेड र वेस्टह्याम प्रतिस्पर्धा गर्नेछन् । यो खेल वेस्टह्यामको घरेलु मैदान लण्डन स्टेडियममा हुनेछ ।
क्वाटरफाइनल ड्र सार्वजनिक भएपछि भएको अन्तिम प्रि क्वाटरफाइनल खेलमा ब्रेन्टफोर्डलाई पेनाल्टीसुटआउटमा ५-३ ले पराजित गर्दै वेस्टह्याम एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमको खेल २-२ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट भएको हो । जहा वेस्टह्याम्पका पाँचै खेलाडीले गोल गरे भने ब्रेन्टोर्डका तीन खेलाडीले मात्र गोल गर्न सकेन । ब्रेन्टफोर्डका डांगो आउटाराले पेनाल्टीमा गोल गर्न सकेनन् ।
त्यसअघि वेस्टह्यामका जारोर्ड बावेनले दुई पटक टिमलाई अग्रता दिलाएका थिए । ब्रेन्टफर्डका इगोर थियागोले दुवै पटक बराबरी गोल फर्काएका थिए ।
एफए कपका क्वाटरफाइनल खेलहरू आउने अप्रिल ४-५ मा हुनेछ ।
प्रतिक्रिया 4