News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनाटो मिनेइरोको फाइनलमा क्रुजेइरोले एट्लेटिको मिनेइरोलाई १-० ले पराजित गर्यो।
- खेलको अन्त्यतिर कासियोमाथि कडा ट्याकलपछि दुवै टोलीका खेलाडीहरूबीच मुक्का हानाहान भयो।
- रेफ्रीले २३ खेलाडीलाई रातो कार्ड दिँदा ब्राजिलियन फुटबलमा नयाँ कीर्तिमान बनेको छ।
२६ फागुन, काठमाडौं । ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनाटो मिनेइरो को फाइनल खेलपछि ठूलो झडप भएको छ। आइतबार भएको खेलमा क्रुजेइरोले एट्लेटिको मिनेइरोलाई १-० ले पराजित गर्दै उपाधि जित्यो।
खेलको अन्त्यतिर क्रुजेइरोका गोलरक्षक कासियोमाथि एट्लेटिको मिनेइरोका विंगर क्रिस्टियनले गरेको कडा ट्याकलपछि विवाद सुरु भयो। त्यसपछि दुवै टोलीका खेलाडीहरू मैदानमै एकअर्कासँग मुक्का हानाहानमा उत्रिए।
सुरक्षा कर्मचारी र प्रहरीले हस्तक्षेप गरेपछि केही समयपछि स्थिति नियन्त्रणमा आएको थियो। खेलपछि रेफ्रीले आफ्नो प्रतिवेदनमा कुल २३ खेलाडीलाई रातो कार्ड दिएको उल्लेख गरेका छन्।
तीमध्ये क्रुजेइरोका ११ र एट्लेटिको मिनेइरोका १२ खेलाडीलाई रातो कार्ड दिइएको हो। एट्लेटिको मिनेइरोका ल्यान्को, रेनान लोडी र हल्कजस्ता चर्चित खेलाडी पनि रातो कार्ड पाउनेमध्ये परे। यस्तै क्रुजेइरोका गोलकर्ता काइओ जोर्ज पनि निष्कासित भएका थिए।
एकै खेलमा २३ खेलाडीले रातो कार्ड पाउनु ब्राजिलियन फुटबल इतिहासमै नयाँ कीर्तिमान बनेको बताइएको छ।
-एजेन्सीबाट
प्रतिक्रिया 4