+
+
Shares

नेविसंघले बोलायो सिनेट बैठक, चैत ६ गते काठमाडौंमा बस्ने

नेविसंघको विधानअनुसार सिनेटलाई नेविसंघको सर्वोच्च निकाय मानिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते १५:४३

२६ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले सिनेट बैठक बोलाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक सूचना जारी गरी चैत ६ गते त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बस्नेगरी सिनेट बैठक बोलाएका छन् ।

बैठकमा विशेष गरी तीन एजेन्डामा छलफल हुने सूचनामा उल्लेखित छ । जसमा नेविसंघको संशोधित एवं परिमार्जित विधान, नेविसंघको १२ औँ केन्द्रीय महाधिवेशनको कार्य तालिका र विविध विषयमा छलफल हुने उल्लेख छ ।

नेविसंघको विधानअनुसार सिनेटलाई नेविसंघको सर्वोच्च निकाय मानिन्छ । जसको अध्यक्ष नेविसंघको केन्द्रीय अध्यक्ष नै रहने प्रावधान छ । यस्तै केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सिनेटका पदेन सदस्य रहन्छन् ।

यस्तै नेविसंघका प्रदेश अध्यक्षहरू, सबै जिल्ला अध्यक्ष, स्ववियु परिषद्का सभापति, स्ववियु तथा कल्याण परिषद्का अध्यक्षहरू, विश्वविद्यालय क्याम्पस समितिका अध्यक्षहरू, विश्वविद्यालय समन्वय समितिका अध्यक्षहरू, प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष र सीटीईभीटी समन्वय समितिका अध्यक्ष पनि सिनेटका सदस्य हुन्छन् ।

यस्तै विदेश क्षेत्रका अध्यक्ष तथा स्ववियु निर्वाचन हुने क्याम्पस एकाइका अध्यक्ष पनि सिनेटका सदस्य रहने प्रावधान छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?