+

नेपाल फुटबल क्लब संघले एन्फालाई बुझायो ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र

२०८२ फागुन  २६ गते २०:४५ २०८२ फागुन २६ गते २०:४५
नेपाल फुटबल क्लब संघले एन्फालाई बुझायो ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल फुटबल क्लब संघले अखिल नेपाल फुटबल संघलाई ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
  • क्लबहरूले एन्फाको नेतृत्वलाई अदूरदर्शी र गैरजिम्मेवार भन्दै फुटबल प्रशासन सुधारको माग गरेका छन्।
  • मागहरूमा होम एन्ड अवे प्रणाली कार्यान्वयन, एन्फा निर्वाचन निर्णय कार्यान्वयन र अर्ली इलेक्सन प्रावधान खारेज गर्नुपर्ने समावेश छन्।

२६ फागुन, काठमाडौं । नेपाल फुटबल क्लब संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। सहिद स्मारक लिग खेल्ने क्लबहरूले एन्फाको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासन सुधारको माग गरेका हुन्।

क्लबहरूले फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन क्लबहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अहिलेको एन्फा नेतृत्व अदूरदर्शी र गैरजिम्मेवार भएको आरोप लगाएका छन्। फुटबलको स्तर खस्किँदै जानुमा नेतृत्वको कमजोरी रहेको पनि उनीहरूको भनाइ छ।

क्लबहरूले आफूहरूले २०८२ असोज २५ गते बुझाएको सुझाव र २०८२ कात्तिक १७ गते एन्फासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सहमति गरेर पनि कार्यान्वयन नगर्ने एन्फाको कार्यशैलीप्रति क्लबहरूले आपत्ति जनाएका छन्।

क्लबहरूले राखेका प्रमुख मागहरूमा होम एन्ड अवे प्रणालीमा लिग सञ्चालन गर्ने सम्झौता कार्यान्वयन गर्नुपर्ने, एन्फा निर्वाचनसम्बन्धी निर्णय कार्यान्वयन गर्नुपर्ने र एन्फा विधानमा नभएको ‘अर्ली इलेक्सन’ प्रावधान खारेज गर्नुपर्ने रहेका छन्।

यस्तै, राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन पालना गर्नुपर्ने, खेलाडी संघसँग भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, ए, बी र सी डिभिजन क्लबसँग छलफल गरी वार्षिक क्यालेन्डर बनाएर नियमित लिग सञ्चालन गर्नुपर्ने र एएफसी क्लब लाइसेन्सिङ प्रणाली लागू गर्नुपर्ने माग पनि गरिएको छ।

क्लबहरूले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि यी मागहरू तत्काल सम्बोधन गर्न एन्फासँग आग्रह गरेका छन्। माग पूरा नगरे नेपाली फुटबलको हितका लागि नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने पनि उनीहरूले चेतावनी दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) नेपाल फुटबल क्लब संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय