News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब न्युकासलबीच युरोपियन च्याम्पियन्स लिग अन्तर्गत पहिलो लेग १-१ को बराबरीमा सकिएको छ।
- न्युकासलले ८६औं मिनेटमा हार्भे बार्नसको गोलले अग्रता लिएको थियो।
- इन्जुरी समयमा लामियन यमालले बराबरी गोल गर्दै बार्सिलोनाको हार टारेका छन्।
२७ फागुन, काठमाडौं । लामियन यमालले इन्जुरी समयको छैटौं मिनेटमा बराबरी गोल गरेपछि स्पेनिस कलब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगमा हारबाट जोगिएको छ ।
इंग्लिस क्लब न्युकासल र बार्सिलोनाले १-१ को बराबरी खेलेका हुन् । न्युकासलको घरेलु मैदानमा भएको खेलमा न्युकासलले ८६औं मिनेटमा हार्भे बार्नसको गोलमा अग्रता लिएको थियो ।
त्यसको १० मिनेटपछि इन्जुरी समय सकिनै लाग्दा यमालले बराबरी गोल फर्काउँदै टोलीको हार टारेका हुन् ।
अब घरेलु मैदानमा हुने दोस्रो लेगमा बार्सिलोनाले जुनसुकै अन्तरले खेल जिते पनि पुग्नेछ ।
प्रतिक्रिया 4