+
+
Shares

एकैदिन २२ प्रतिशतसम्म बढ्यो गोलभेँडाको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार गोलभेँडाको मूल्यमा वृद्धि भएको छ।
  • तराईको सानो गोलभेँडाको मूल्य २२.२२ प्रतिशत बढेर प्रतिकिलो ४५ रुपैयाँबाट ५५ रुपैयाँ पुगेको छ।
  • सानो लोकल र भारतीय गोलभेँडाको मूल्य क्रमशः १४.२९ र १३.६४ प्रतिशतले बढेको छ भने ठूलो भारतीय गोलभेँडाको मूल्य स्थिर छ।

२७ फागुन, काठमाडौं । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार बुधबार गोलभेँडाको मूल्यवृद्धि देखिएको हो ।

समितिको तथ्यांक अनुसार सबैभन्दा धेरै तराईको सानो गोलभेँडाको मूल्यमा २२.२२ प्रतिशत वृद्धि भएको छ । हिजो मंगलबार प्रतिकिलो औसत मूल्य ४५ रुपैयाँ रहेकोमा आज बुधबार १० रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ ।

यसैगरी, सानो लोकल गोलभेँडाको मूल्यमा पनि १४.२९ प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो दिन प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भएको सानो गोलभेँडा आज बढेर ४० रुपैयाँ पुगेको छ ।

भारतीय सानो गोलभेँडाको मूल्य पनि १३.६४ प्रतिशतले बढेर प्रतिकिलो ४४ रुपैयाँबाट ५० रुपैयाँ पुगेको छ ।

ठूलो भारतीय गोलभेँडाको मूल्य भने स्थिर रहेको छ । यसको औसत थोक मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम रहेको समितिले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?