+

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

२०८२ फागुन  २९ गते १७:३४ २०८२ फागुन २९ गते १७:३४

महिला डाक्टर शारीरिक रूपमा हेर्दा महिला नै देखिने र पुरुषसँग बिहे गरी वैवाहिक जीवन समेत समान्य रूपमा बिताइरहेकी छिन् ।

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला डाक्टरमा कम्लिट इन्ड्रोजेन इन्सेन्सेटिभिटी सिन्ड्रोम छ, जसमा शरीरमा पुरुष क्रोमोजोम ४६ एक्सवाई हुन्छ तर बाहिरबाट महिला देखिन्छ।

आमा बन्नु हरेक महिलाका लागि सपना हुन्छ । तर कसैलाई शारीरिक अवस्थाका कारण त्यो असम्भव बनिदिन्छ । केही समय पहिला भारतको हैदरावादकी ३२ वर्षीया डाक्टरलाई यस्तै समस्या आइलाग्यो ।

बाहिरबाट हेर्दा उनी महिला त थिइन् तर उनको शरीरमा न गर्भाशय थियो न अण्डाशय । यही कारणले गर्दा उनी आमा बन्न सम्भव थिएन । अनि सरोगेसीमार्फत आमा बन्ने योजना बनाइन् । तर उनलाई स्वास्थ्य विभागले यसको अनुमति दिएन ।

दम्पतीले कुनै अर्कै महिलाको कोखमा भ्रुण राखेर बच्चा आफ्ना लागि बच्चा जन्माउन लगाउने प्रक्रिया हो ।

तर हालै अदालतले ती महिला डाक्टरलाई आमा बन्ने प्रक्रियामा रोक लगाउन नमिल्ने फैसला गरेको छ ।

हैदरावादकी ती महिला डाक्टरको बिहे २०२१ मा एक व्यापारीसँग भएको थियो । तर ती महिलामा कम्लिट इन्ड्रोजेन इन्सेन्सेटिभिटी सिन्ड्रोम(सीएआईएस) जस्तो दुर्लभ स्वास्थ्य समस्या थियो ।

यो समस्यामा महिलाको शरीरमा जन्मजात नै पाठेघर र डिम्बाशय विकासित भएको हुँदैन।

यी महिला चिकित्सकको परीक्षण गर्दा उनको क्रोमोजोम ‘४६ एक्सवाई’ देखियो । यो क्रोमोजोम सामान्यतया पुरुषमा हुन्छ । यो रिपोर्टका आधारमा स्वास्थ्य विभागले उनलाई सरोगेसीका लागि आवश्यक अनुमति दिन मानेन।

कम्लिट इन्ड्रोजेन इन्सेन्सेटिभिटी सिन्ड्रोम के हो ?

यो एक यस्तो अवस्था हो, जसमा कुनै व्यक्ति जेनेटिक रूपमा पुरुष हुन्छ तर शरीर महिलाको जस्तो देखिन्छ । यस्तो अवस्थामा शरीरमा पुरुष हर्मोन एन्ड्रोजेन त बन्छ तर शरीरका कोषिकाहरूले त्यो हर्मोनप्रति कुनै प्रतिक्रिया देखाउँदैनन् । यही कारण गर्भमा छँदा त्यो व्यक्तिको शरीरमा पुरुषको अंग विकासित भएको हुँदैन।

बाहिरबाट हेर्दा केटीजस्तै देखिन्छ र उनलाई आमाबुबाले पनि केटीकै रूपमा हुर्काउँछन् । किशोर अवस्थामा जब महिनावारी हुँदैन तब मात्रै अन्य केटी र उनमा फरक देखिन्छ । नत्र अन्य केटीमान्छेले जस्तै समान्य जीवन बाँचिरहेका हुन्छन् ।

अनि समस्या अदालत पुग्यो

यी महिला डाक्टरलाई सरोगेसीको अनुमति दिन कानुनी बाधा रहेको बताइएको थियो । सरोगेसी कानुन अनुसार एक दम्पती भन्नाले जैविकरूपमा एक पुरुष र महिला भन्ने बुझाउँछ । पुरुषमा हुने ‘एक्सवाई’ क्रोमोजोम भएको व्यक्तिलाई जैविक रूपमा महिला भनी ठहर गर्न नमिल्ने तर्क गरी स्वास्थ्य विभागले उनलाई सरोगेसीको अनुमति दिन अस्वीकार गर्‍यो । ट्रान्सजेण्डरलाई सरोगेसी अधिकार दिने विषय ऐनमा उल्लेख नभएको बताइएको थियो ।

यसपछि दम्पतीले आफूहरूमाथि अन्याय भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए ।

यही मार्च ३ मा तेलांगना उच्च अदालतले यसबारे फैसला सुनाएको हो । फैसना सुनाउने न्यायाधीश नागेश भीमपा रहेका थिए ।

मुद्दाको सुनावाई गर्ने क्रममा न्यायाधीशले सरोगेसी कानुनको उद्देश्य कुनैपनि चिकित्सकीय कारण गर्भाधान गर्न नसकेको दम्पतीलाई सहयोग गर्नु रहेको तर्क गरे ।

निवेदक महिला डाक्टर शारीरिक रूपमा हेर्दा महिला नै देखिने र पुरुषसँग बिहे गरी वैवाहिक जीवन समेत समान्य रूपमा बिताइरहेकाले शरीरमा देखिएको क्रोमोजोमकै आधारमा उनलाई आमा बन्ने अधिकारबाट वञ्चित गर्न नहुने ठहर अदालतले गर्‍यो ।

उनलाई सरोगेसीका लागि अनुमति दिन अदालतले स्वास्थ्य विभागलाई आदेश दिएको छ । यो आदेश प्रजजन अधिकारको पक्षमा बलियो नजिर बनेको भनी चर्चा भइरहेको छ ।

अदालत सरोगेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?