+
+
Shares

काठमाडौं जिल्लामा एक महिनामै १९९ साइबर अपराध तथा ठगीका घटना

जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार सार्वजनिक गरेको फागुन महिनाको विवरणअनुसार साइबर अपराध तथा ठगीका घटनाको संख्या बढ्दै गएको देखाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १८:२५

३ चैत, काठमाडौं । काठमाडौं जिल्लामा एक महिनाको अवधिमा १९९ वटा साइबर अपराध तथा ठगीका घटना भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले मंगलबार सार्वजनिक गरेको फागुन महिनाको विवरणअनुसार साइबर अपराध तथा ठगीका घटनाको संख्या बढ्दै गएको देखाएको हो ।

प्रहरीको विवरणअनुसार सबैभन्दा बढी ११७ निवेदन अनलाइनमा सामान खरिद गर्दा ठगिएको भन्दै प्रहरीमा परेका छन् । यस्तै मोबाइल चोरी भएका ९, चिठ्ठा परेको भन्दै अनलाइनमार्फत ठगिएका ७, ओटीपी मागी ठगी गरेका ७, रकम दोब्बर हुन्छ भन्दै ठगी गरेका ६, कोठा खोज्ने नाममा ठगी गरेका ६, पार्सल पठाएर करबापतको रकम भन्दै ठगी गरेका ५ घटना प्रहरीमा दर्ता भएका छन् ।

यस्तै वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगेका ४, बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठगेका ४, टेलिग्राम–अनलाई टास्किङबाट ४, चरित्र हत्या ४, अनलाइन जागिर लगाइदिन्छु भनेर ठगी गरेका २ र अन्य २१ घटना रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?