+

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

२०८२ चैत  १५ गते १७:२७ २०८२ चैत १५ गते १७:२७

यस्ता ठगीबाट मानिसहरूको स्वास्थ्य बिग्रिने मात्र होइन, अनावश्यक रूपमा पैसा पनि खर्च भइरहेको हुन्छ ।

Shares
पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा \'तुरुन्तै १० केजी तौल घटाउने उपाय\' जस्ता विज्ञापनले धेरैलाई ठगीमा पारिरहेका छन्।

आजकलको युगमा मानिसले आफ्नो स्वास्थ्य र शरीरलाई पहिलो प्राथमिकतामा राखेको पाइन्छ । त्यसमाथि खाना र फिटनेस त झन् छुट्टाउनै नहुने कुरामा पर्छ । इन्टरनेटको माध्यमले त झन् यसलाई सजिलो बनाएको छ । आफूले सोचेको, खोजेको कुरा हामी क्लिकमै भेटिरहेका हुन्छौँ । तर यसै कारणले गर्दा हामी ठगीको जालमा परिरहेको पत्तै हुँदैन ।

फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्ममा ‘तुरुन्तै १० केजी तौल घटाउने उपाय….’ जस्ता विज्ञापनहरू प्रशस्त भेटिन्छन् । यी अनलाइन ट्रेनरहरूले केही दिनको तालिम र प्रमाणपत्र देखाएर धेरै मानिसहरूलाई आकर्षित गरिरहेका छन् । तर वास्तविकता के हो ने, यी अधिकांश ट्रेनरहरू योग्य डाइटिसियन नै हुँदैनन् ।

उनीहरूसँग न त बीएससी न्यूट्रिसन एन्ड डाइटेटिक्सको डिग्री हुन्छ, न त कुनै मान्यताप्राप्त संस्थाबाट प्राप्त लाइसेन्स । उनीहरूले ‘मैले आफैं 20 केजी तौल घटाएँ’ भन्ने कथा सुनाएर महँगो डाइट प्लान, चक्की, प्रोटिन पाउडर र सप्लिमेन्टहरू बेचिरहेका हुन्छन् । कतिपयले त झुटा ‘बिफोर’ र ‘आफ्टर’ तस्बिरहरू समेत प्रयोग गर्ने गरेका छन्।

यस्ता ठगीबाट मानिसहरूको स्वास्थ्य बिग्रिने मात्र होइन, अनावश्यक रूपमा पैसा पनि खर्च भइरहेको हुन्छ । त्यसैगरी, मानिसहरूले विभिन्न सञ्चार माध्यमहरूबाट किटो डाइट, इन्टरमिटेन्ट फास्टिङ जस्ता भिडियोहरू हेरेर आफूखुसी प्रयोग गर्न थालेका छन् । तर यस्ता विधिहरू हरेक व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र जीवनशैलीअनुसार फरक-फरक हुनुपर्ने हुन्छ । गलत तरिका अपनाउँदा मिर्गौला बिग्रिने, हर्मोन असन्तुलन हुने र दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्छन् ।

यसको प्रत्यक्ष असर भने ती वास्तविक डाइटिसियनहरूमा परिरहेको छ, जसले वर्षौँको अध्ययन, इन्टर्नसिप र निरन्तर तालिम गरेका हुन्छन् । डाइटिसियनहरूले व्यक्तिगत रूपमा जाँच, ब्लड रिपोर्ट, मेटाबोलिज्म परीक्षण र शरीरको विश्लेषण गरेर मात्र सही योजना बनाउँछन् । उनीहरूको सल्लाह दीर्घकालीन र सुरक्षित हुन्छ । अब प्रश्न यो छ कि हामी किन वास्तविक डाइटिसियनलाई बेवास्ता गर्छौँ ? कारण सरल छ । अनलाइन ट्रेनरहरूले तुरुन्तै नतिजा र सस्तो मूल्यको वाचा गर्छन् ।

त्यसैगरी हाम्रो देशमा यस्ता अनलाइन ठगीहरूमाथि नियमन गर्ने निकाय पनि कमजोर रहेका छन् । यस विषयमा स्वास्थ्य मन्त्रालयले पनि विज्ञहरूलाई मात्र बोल्न पाउने कानुन ल्याउन आवश्यक छ, किनकि स्वास्थ्यसँग खेलवाड गर्न हुँदैन । तौल घटाउने वा बढाउने, वा कुनै रोगमा कस्तो खाना खाने भन्ने विषयमा अनलाइन ट्रेनरलाई होइन, प्रमाणित र दर्तावाला डाइटिसियनलाई नै सोध्नुपर्छ ।

स्वास्थ्य कुनै खेलौना होइन । स्वास्थ्य मन्त्रालयले डाइटिसियनलाई दर्ता गर्ने प्रक्रिया सञ्चालन गर्नुपर्छ, जसले गर्दा दक्ष जनशक्तिको पनि सदुपयोग हुन्छ र जनमानिसको स्वास्थ्यसँग हुने अनावश्यक परीक्षणहरू रोक्न सकिन्छ ।

अनलाइन ठगी पोषण
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

पोषण तथा आहारको क्षेत्रमा अनलाइन ठगीको बिगबिगी

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

प्यानक्रियाज के हो, कसरी स्वस्थ्य राख्ने ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

महिनावारीमा रगतको ढिक्का किन जान्छ ? के यो सामान्य हो ?

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

किन हुँदैन यौन उत्तेजना ? कम उमेरका पुरुषमा बढ्दैछ समस्या

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

क्यान्सर उपचारमा प्रभावकारी विकल्प बन्दै रोबोटिक सर्जरी

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?

रोग लागे पनि बाँच्न पाउने गरिबको अधिकार कसरी सुनिश्चित होला ?