+

गोर्खा ट्रेल ब्लेजरको उपाधि नेपालका थापा र दार्जिलिङकी प्रियालाई

२०८२ चैत  १५ गते ११:४२ २०८२ चैत १५ गते ११:४२
गोर्खा ट्रेल ब्लेजरको उपाधि नेपालका थापा र दार्जिलिङकी प्रियालाई

१५ चैत, सुनसरी । गोर्खा सिमेट्री ट्रस्ट नेपालद्वारा धरानमा सम्पन्न गोर्खा ट्रेल ब्लेजर १० केको उपाधि पुरुषतर्फ धरानकै उमेश थापा र महिलातर्फ भारत दार्जिलिङकी धाविका प्रिया तामाङले जितेका छन् ।

महिला विजेता तामाङ दुई महिनाअघि धरानमै सम्पन्न १४औं धरान रनकी तेस्रो विजेतासमेत हुन् । उनीहरुले ६ सय धावकहरुलाई पछि पार्दै उपाधि हात पारेकी थिइन् ।

थापाले निर्धारित १० किलोमितरको दूरी २५ मिनेट ५१ सेकेन्डमा र प्रियाले ३० मिनेट ४६ सेकेन्डमा दूरी पार गरेकी थिइन् । उनीहरुले उपाधिसहित मेडल र प्रमापत्र र जनही नगद २० हजार रुपैयाँ पाए ।

पुरुषतर्फ २५ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै विकास भुजेलले दोस्रो भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै अमिर लिम्बु तेस्रो भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ पुष्पा सेर्मा लिम्बुले ३० मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भइन् । उनी गत वर्ष सम्पन्न धरान रनकी उपविजेता समेत हुन् । ३० मिनेट ५५ सेकेन्डमा दूरी पार गर्दै दीपा बस्नेत तेस्रो भइन् । उनीहरूले क्रमश: १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरुष भेट्रानतर्फ रेशम लिम्बु प्रथम, विजयकुमार राई दोस्रो, विमान राई  तेस्रो भए । महिला भेट्रानतर्फ जमुना लिम्बु प्रथम, कुसुम लिम्बु दोस्रो र असुली राई तेस्रो भइन् । उनीहरूले क्रमश: ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर र धनकुटा लगायत जिल्लाका ६ सयभन्दा बढी धावक–धाविकाको सहभागिता रहेको दौड धरान–१८ स्थित रत्न चोकबाट सुरु भई मङ्गलवारे, सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित भन्ज्याङमा दौढ समापन गरिएको थियो ।

विजेताहरुलाई ट्रस्टका अध्यक्ष महेन्द्रकुमार राई र धरान–२० का वडाध्यक्ष पदमबहादुर राईले पुरस्कार वितरण गरेका थिए ।

-प्रदीप मेन्याङ्बोबाट

गोर्खा ट्रेल ब्लेजर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय