News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बई इन्डियन्सले आईपीएलमा ३००औं टी-२० खेल आइतबार वानखेडे स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्ध खेल्नेछ ।
- मुम्बई इन्डियन्स आईपीएल सुरु भएयता निरन्तर सहभागी हुँदै ५ पटक उपाधि जितिसकेको टोली हो ।
- हार्दिक पाण्ड्याको कप्तानीमा मुम्बईमा रोहित शर्मा र सूर्यकुमार यादवजस्ता खेलाडी छन् ।
१५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सले कीर्तिमानी ३००औं टी-२० खेल आज खेल्दैछ ।
मुम्बईले आफ्नो ३००औं टी-२० खेलको रूपमा आइतबार साँझ वानखेडे स्टेडियममा कोलकाता नाइट राइडर्सविरुद्ध खेल्नेछ । योसँगै मुम्बई ३००औं खेल खेल्ने पहिलो फ्रेन्चाइज टोली बन्नेछ ।
सन् २००८ मा आईपीएल सुरु भएयता मुम्बई इन्डियन्स निरन्तर सहभागी हुँदै आएको टोली हो । मुम्बई इन्डियन्सले हालसम्म ५ पटक आईपीएलको उपाधि जितिसकेको छ ।
मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि जितेको थियो । त्यसयता मुम्बईले उपाधि जित्न सकेको छैन ।
हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बईमा भारतको कप्तानी गरिसकेका रोहित शर्मा र सूर्यकुमार यादवसहितका खेलाडी छन् ।
फ्रेन्चाइजबाहेक पाकिस्तान राष्ट्रिय क्रिकेट टोली र समरसेट काउन्टी क्रिकेट क्लबले ३०० बढी टी–२० खेल खेलिसकेका छन् ।
आईपीएलको अर्काे टोली रोयल च्यालेन्जर्स बेंगलुरु पनि ३०० खेल नजिक छ ।
प्रतिक्रिया 4