News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जुम्लामा ६ हजार १ सय २० वर्ग मिटर जग्गा प्राप्त भएको छ।
- जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन्।
- पातारासी गाउँपालिका वडा ३, लोठचौरमा रहेको जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएका हुन्।
१६ चैत, काठमाडौं । कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा प्राप्त भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई जुम्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सोको लालपुर्जा सोमबार हस्तान्तरण गरे ।
पातारासी गाउँपालिका वडा ३, लोठचौरमा रहेको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराएको प्रमुख न्यौपानेले जनाएका छन् ।
जग्गाको क्षेत्रफल ६ हजार १ सय २० वर्ग मिटर रहेको छ ।
प्रतिक्रिया 4