+

नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

२०८२ चैत  १६ गते १७:५९ २०८२ चैत १६ गते १७:५९
नेपाली क्रिकेटरलाई प्रशिक्षण दिन भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीको लेभल वान प्रशिक्षक नरेन्द्र कुमार नेपाल आउन लागेका छन् र १५ दिनसम्म क्रिकेटरलाई प्रशिक्षण दिनेछन्।
  • नरेन्द्र कुमार दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका हेडकोच हुन् र काठमाडौं क्रिकेट एकेडेमीले उनलाई नेपाल ल्याएको हो।
  • उनले अप्रिल ९ देखि केसीएको बालुवाखानीमा बलिङ र ब्याटिङमा विशेष प्रशिक्षण दिनेछन्।

१६ चैत, काठमाडौं । भारतको सबैभन्दा प्रतिष्ठित र पुरानो घरेलु प्रथम श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी खेलिसकेका क्रिकेटर नरेन्द्र कुमार नेपाल आउने भएका छन्।

आईसीसीको लेभल वान प्रशिक्षक रहेका उनी नेपालका क्रिकेटरहरूलाई प्रशिक्षण दिन नेपाल आउन लागेका हुन् ।

उनी अहिले दिल्लीको द्रोणाचार्य क्रिकेट एकेडेमीका हेडकोच छन्। उनलाई नेपालको काठमाडौं क्रिकेट एकेडेमीले नेपाल ल्याउन लागेको हो। उनले १५ दिन नेपाल बसेर इच्छुक नेपाली क्रिकेटरहरुलाई प्रशिक्षण दिने केसीएका प्रमुख मदन कार्कीले जानकारी दिए।

एकेडेमीले यस अगाडि पनि उनलाई नेपाल बोलाएर एकेडेमीका खेलाडीसँगै इच्छुक अन्य क्रिकेटरहरुलाई प्रशिक्षण दिएको र नेपाली खेलाडीहरुको स्तर बढाउन १५ दिनका लागि उनलाई पुन नेपाल बोलाएको जानकारी दिए।

‘विद्यालयको अन्तिम परिक्षा पनि सकिँदै छ। यो बेलामा प्रशिक्षणमा रहेका क्रिकेटरलाई विश्वस्तरीय प्रशिक्षण दिन हामीले नरेन्द्र कुमारलाई नेपाल ल्याउन लागेका हौं’ उनले भने ।

१५ दिनको नेपाल बसाइमा उनले बलिङ, ब्याटिङ लगायका क्षेत्रमा विशेष प्रशिक्षण दिने कार्कीले जानकारी दिए। प्रशिक्षण केसीएको बालुवाखानीमा रहेको प्रशिक्षण केन्द्रमा अप्रिल ९ बाट शुरु हुने उनले जानकारी दिए।

केसीए नरेन्द्र कुमार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय