+
+
Shares

एमाले लुम्बिनी सांसद शर्माविरुद्ध ३ दिन म्याद थप

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ।
  • शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले धुम्बाराहीबाट पक्राउ गरेको थियो।
  • काठमाडौं महानगरपालिकाले २०८१ जेठ १४ गते बालिकालाई उद्धार गरेको थियो।

१६ चैत, काठमाडौं । बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दुलालले इजलासले उनलाई तीन दिन म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति धुम्बाराहीबाट पक्राउ गरेको थियो । आजै उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत काठमाडौं लगिएको हो ।

काठमाडौं महानगरपालिकाले शर्माको घरबाट २०८१ जेठ १४ गते एक बालिकालाई उद्धार गरेको थियो ।

नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेपछि महानगरले ती बालिकाको उद्धार गरेको थियो । त्यतिबेला मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले उक्त विषयमाथि प्रश्न समेत गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । जाहेरी दिएको दुई महिना बित्दा पनि सांसद शर्मालाई प्रहरीले पक्राउ नगरेको भन्दै आलोचना भएको थियो ।

शर्माविरूद्ध २०८१ गत माघको अन्तिम साता महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?