+

वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको प्रारम्भिक टोलीबाट सीतासहित ११ खेलाडी बाहिरिए

२०८२ चैत  १६ गते १९:४३ २०८२ चैत १६ गते १९:४३
वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको प्रारम्भिक टोलीबाट सीतासहित ११ खेलाडी बाहिरिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पमा बोलाइएको छ ।
  • च्यालेन्ज ट्रफी आगामी अप्रिल दोस्रो साता रुवान्डामा सुरु हुने तयारीमा छ ।
  • प्रतियोगितामा पाँच टोली सहभागी हुनेछन् ।

१६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पमा बोलाएको हो ।

टोलीमा इन्दुसँगै पूजा महतो, रुबिना क्षेत्री, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, सीमाना केसी र मनीषा उपाध्याय छन् ।

यस्तै रचना चौधरी, सोनी पाख्रिन, सना प्रवीन र सावित्री धामी पनि दोस्रो चरण क्याम्पमा परेका छन् । यसअघि पहिलो क्याम्पमा परेका सीता रानामगरसहित ११ खेलाडी बाहिरिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नयाँ संरचनाअनुसार यो प्रतियोगिता सुरु हुन लागेको हो । जहाँ विश्वका उदीयमान राष्ट्रहरूको सहभागिता रहनेछ ।

यो प्रतियोगिता आउने अप्रिल दोस्रो साता रुवान्डामा सुरु गर्ने तयारी छ । तर आईसीसीले आधिकारिक मिति र टिमको नाम भने सार्वजनिक गरिसकेको छैन । प्रतियोगितामा एशिया, अफ्रिका, युरोप, अमेरिका र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक–एक गरी ५ टोली सहभागी गर्ने आईसीसीको तयारी छ ।

महिला क्रिकेटका लागि आईसीसीले तीन तहको विकास संरचना तयार गरेको छ । त्यसअन्तर्गत सबैभन्दा तल्लो तहको प्रतियोगिताको रुपमा आईसीसी वुमन्स च्यालेन्ज ट्रफी रहनेछ ।

यसले नयाँ तथा कमजोर टोलीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुल्ने अवसर दिने लक्ष्य राखिएको छ ।

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय