+

एचजेएनबीएलमा टाइम्स र गोल्डेनगेटको दशौं जित

२०८२ चैत  १६ गते २१:३७ २०८२ चैत १६ गते २१:३७
एचजेएनबीएलमा टाइम्स र गोल्डेनगेटको दशौं जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाइम्स र गोल्डेनगेटले एचजेएनबीएलमा दशौँ जित हात पारेका छन् ।
  • टाईम्स बास्केटबल क्लबले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशौं जित हात पारेको हो ।
  • गोल्डेनगेट बास्केटबल क्लबले ११ खेलमा दशौँ जित निकाल्दै शीर्ष स्थान कायम छ ।

१६ चैत, काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले सोमबार जित हात पारेको छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशौं जित हात पारेको हो ।

टाइम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ५६-३३ को अग्रता बनाएको थियो ।

त्यसपछि टाइम्सले तेस्रो क्वाटर २१-१८ ले आफ्नो पक्षमा पार्दा चौथो क्वाटर सोलोले २१-१८ ले आफ्नो पक्षमा बनाएको थियो ।

टाइम्सले लगातार दशौं जितपछि ११ खेलबाट २१ अंक जोडेको छ । सोलोको भने यो नवौं हार हो । सोलो ११ खेलबाट १३ अंक जोडेर पाँचौं स्थानमा छ ।

टाइम्सका मनिष केसी म्यान अफ दि म्याच घोषित भए । टाइम्सका श्रेयास बहादुर थापाले सर्वाधिक २४ अंक स्कोर गरे ।

यस्तै सोमबार भएको अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले प्लेबक्स एरेनालाई ११२-५९ को फराकिलो अन्तरले हरायो ।

गोल्डेनगेटका दिप्सन केसी म्यान अफ दि म्याच घोषित भए ।

गोल्डेनगेटले पनि ११ खेलमा दशौँ जित निकाल्दै टाइम्स समान २१ अंक जोडेको छ ।

दशौँ हार बेहोरेको प्लेबक्सले ११ खेलबाट १२ अंक जोडेको छ ।

टाइम्स समान अंक भएपनि अंक अन्तरमा आधारमा अघि रहँदै गोल्डेनगेट शीर्ष स्थानमा छ ।

यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब १० खेलबाट १९ अंकसहित तेस्रो स्थानमा छ । आर्मीले आईतबार राती भएको खेलमा रोएललाई १०२-७५ ले पराजित गरेको थियो ।

आर्मीका लागि निश्चल महर्जनले सर्वाधिक २२ अंक स्कोर गरे । आर्मीका सयुन राई म्यान अफ दि म्याच घोषित भए ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल ५६ खेल हुनेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने लिगमा तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ । पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ ।

प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित हुनेलाई पनि आकर्षक पुरस्कार प्राप्त गर्ने नेबाले जनाएको छ ।

हिमालयन जाभा नेसनल बास्केटबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय