+

फुटबलको अन्योल स्थिति, नेपालले लाओससँग खेल्दै

२०८२ चैत  १७ गते ८:०३ २०८२ चैत १७ गते ८:०३
फुटबलको अन्योल स्थिति, नेपालले लाओससँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप अन्तर्गत लाओससँगको अन्तिम खेल आज भियतनामको भिएनटियनस्थित न्यु लाओस नेसनल स्टेडियममा खेल्दैछ।
  • अखिल नेपाल फुटबल संघलाई राष्ट्रिय खेलकुद परिषद्ले निलम्बन गरेपछि नेपालले लाओससँगको खेल खेल्न लागेको पहिलो खेल हो र फिफाले निलम्बन गर्ने सम्भावना छ।
  • नेपाली टोलीमा नयाँ इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनाले डेब्यु गर्नेछन् र पाँच नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

१७ चैत, काठमाडौं । नेपाली फुटबलको भविष्य के हुन्छ भन्ने अन्योलकाबीच आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एएफसी एसियन कप अन्तर्गत आफ्नो अन्तिम खेलमा लाओससँग खेल्दैछ ।

पछिल्लो समयम मैदान बाहिरको विवादले चर्चामा रहेको नेपाली फुटबलमा मैदान भित्रको खेलको खासै चर्चा छैन । अवस्था यस्तो सम्म बन्यो कि नेपाली टोली सुरुमा लाओस गयो अनी अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम टोली घोषणा गर्‍यो ।

राष्ट्रिय खेलकुद परिषद राखेपले एन्फालाई तीन महिलाका लागि निलम्बन गरेपछि नेपालले खेल्न लागेको यो पहिलो खेल हो ।

त्यही निलम्बनका कारण नेपाली फुटबलमा झन् अन्योलता थपिएको छ र अब कस्तो संकट आइपर्ने हो टुङ्गो छैन ।

कतै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नै नेपाललाई निलम्बन त गर्ने होइन? भन्ने ठूलो प्रश्न पनि उब्जिएको छैन ।

चैत १३ को अर्ली इलेक्सनलाई लिएर एन्फा र राखेपबीचको जुहारीपछि राखेपले चैत ११ गते एन्फालाई निलम्बन गरेको थियो । यसलाई एन्फाले थर्ड पार्टी इन्टरफेरेन्स भनेको छ । यस्तो अवस्थामा फिफाले निलम्बन गर्न सक्ने चेतावनी एन्फाले दिँदै आएको थियो । तर नेपालको यहि खेललाई लिएर फिफाले अहिलेसम्म कुनै निर्णय लिएको छैन र सम्भवत लाओससँग खेलपछि फिफाले पनि कुनै निर्णय लिन सक्छ ।

खासको लाओस विरुद्धको छनोट खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने हो तर नेपालको दशरथ रंगशालमा पछिल्लो दुई वर्षदेखि अयोग्य बन्दा नेपालले घरेलु मैदानमा खेल्ने अवसर पनि गुमाउँदै आएको छ ।

यस्तो अवस्थामा नेपालका लागि एउटै सकरात्मक पक्ष भनेको मैदान भित्रको खेल र खेलाडीहरुका लागि राम्रो प्रदर्शन दिने अवसर ।

नेपाली फुटबलमा अहिले केही कुरा राम्रो नभइरहेको अवस्थामा खेलाडीहरुका लागि मैदान भित्र राम्रो प्रदर्शन गर्दै लाओसलाई हराउने अवसर छ ।

यस पटक नेपाली टिममा नयाँ प्रशिक्षक छन् । पाँच नयाँ खेलाडी टिममा समावेश छन् । संयुक्त रुपमा सर्वाधिक गोलकर्ता रहेका अन्जना विष्ट लगायत खेलाडी टिममा छैनन् । त्यसैले पनि नयाँ खेलाडीका लागि राष्ट्रिय टिमको जर्सी लगाउने अवसर पनि आउन सक्छन।

यस्तै नयाँ इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनालाई यसै खेलबाट नेपालको मुख्य प्रशिक्षकको रुपमा डेब्यु गर्नेछन् ।

एरेनाले लाओस विरुद्धको खेलमा लागि गोलकिपर योगेश धिमाल, मिडफिल्डर पेम्बा दोर्जे शेर्पा र रोमन भुजेल तथा फरवार्ड मिलन राई र युवराज खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

एसियन कप छनोटमै यसअघिको खेलमा नेपाल लाओससँग २-१ ले पराजित भएको थियो । नेपाल इतिहासमै पहिलो पटक लाओससँग हारेको थियो । त्यसैले आज लाओस विरुद्ध नेपाल सामु बदला लिने अवसर समेत छ ।

नेपालले अहिलेसम्म लाओससँग ६ खेल खेल्दा ४ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेल लाओसको पक्षमा गएको थियो ।

एसियन कप पुग्ने होडबाट बाहिरिसकेका दुवै टोली अन्तिम खेल जितकसहित टुङ्ग्याउन चाहन्छ । अझ नेपाल त अन्योल भविष्यका बीच यो खेलमा जसरी पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । ‘लाओस विरुद्ध खेलका लागि हाती तयार छौँ र हामी जितकै लागि खेल्नेछौँ ।’ अघिल्लो दिन भएको प्रि म्याच कन्फेरेन्समा एरेनाले भनेका छन् ।

समूह एफमा पाँच खेलबाट दुवै टोलीको समान ३ अंक छ । भियतनाम १५ अकसहित शीर्ष स्थानमा छ र एसियन कपका लागि छनोट भइसकेको छ ।

नेपालले तेस्रो चरणको यस छनोटमा यसअघि खेलेका पाँचै खेलमा जित निकाल्न सकेको थिएन । तर मलेसियाले नियम विपरित खेलाडी खेलाएको भन्दै एएफसीको डिसिप्लिनरी कमिटीले कारवाही गर्दै नतिजा उल्टाएपछि नेपालले मलेसिया विरुद्धको खेलको ३ अंक पाएको हो ।

नेपाल र लाओसबीचको खेल भिएनटियनस्थित न्यु लाओस नेसनल स्टेडियममा नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सुरु हुनेछ ।

तस्बीर: लाओस फुटबल फेडेरेसन

 

एएफसी एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय