+
+
Shares

दुई कोइरालालाई दायाँबायाँ राखेर खड्काले सुरु गरे कांग्रेस संस्थापनइतर समूहको बैठक

बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक १७ चैत, काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ।
  • बैठकमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन्।
  • बैठकमा चुनावी समीक्षा गर्ने र १५औं महाधिवेशनको मितिबारे छलफल गर्ने एजेन्डा तय गरिएको छ।

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।

पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्नेलगायत एजेन्डा तय गरिएको छ ।

बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । उनले शेखर कोइराला र शशांक कोइरालालाई दायाँबायाँ राखेर बैठक सञ्चालन गरेका हुन् । शेखर पुगेसँगै खड्काले सबै नेतालाई आ-आफ्नो ठाउँ मा बसिदिन आग्रह गरेर बैठक अघि बढाए ।

बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?