News Summary
Generated by OK AI. Editorially reviewed.- नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरूट तहदेखि जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताए।
- पोखरेलले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले काम गरेर देखाउनु पर्ने र दीर्घकालीन विकासमा दक्षताको कदर गर्नुपर्ने बताउनुभयो।
- मन्त्री पोखरेलले राखेपको बोर्ड अध्यक्ष भएर सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा निर्माणाधीन परियोजनाहरूको निरीक्षण गर्नुभयो।
१७ चैत, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरूट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।
उनले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउँदै सम्बन्धित सबैको दक्षताको कदर गर्दै खेलकुदको दीर्घकालीन विकासमा उपयोग गर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा. अच्युतम लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनु पर्नेमा जोड दिदै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याए ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्था, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन– २०२६ अन्तर्गत हाल रोएिको विशेष तयारी प्रशिक्षण, आन्तरिक श्रोत, ऐन संशोधनलगायतका विषयमा संक्षिप्त जानकारी गराएका थिए ।
त्यसअघि मन्त्री पोखरेललाई सदस्य–सचिव मेहता, राखेप कार्यकारी समिति र बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
स्वागतपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाइ पर्फमेन्स सेन्टर र पौडी पोखरीको निरीक्षण गरेका थिए ।
प्रतिक्रिया 4