७ चैत, काठमाडौं । पश्चिम एसियामा जारी युद्धबारे पाकिस्तान र चीनका विदेश मन्त्रीले पाँच बुँदे सुझाव दिएका छन् । पाकिस्तानका विदेशमन्त्री इशहाक डारको बेइजिङ भ्रमणका क्रममा मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता भएको थियो । सोही भेटवार्ताका क्रममा दुवै विदेश मन्त्रीले पश्चिम एसियाको स्थितिबारे समीक्षा गरेका थिए ।
जसमा दुवै विदेश मन्त्री समस्या समाधानका लागि पाँच सूत्रीय धारणा प्रस्ताव गरेका छन् ।
तत्काल युद्ध रोकिनुपर्छ : दुवै विदेशमन्त्रीले तत्काल युद्ध रोकेर युद्ध फैलन नदिने हर सम्भव कोसिस गर्न अपिल गरेका छन् । यस्तै युद्ध प्रभावित सबै क्षेत्रमा मानवीय सहायता पुर्याउन र लैजान दिनुपर्ने बताएका छन् ।
यथाशीघ्र शान्तिवार्ता : यस्तै उनीहरूले जतिसक्दो चाँडो शान्ति वार्ता सुरु गर्नुपर्ने बताएका छन् । इरान र खाडी देशको सम्प्रभुता, क्षेत्रीय अखण्डता, राष्ट्रिय स्वतन्त्रता र सुरक्षा तथा रक्षा गर्नुपर्ने उनले दुवैको साझा धारणा छ । यस्तै विवाद समाधानका लागि वार्ता र कूटनीतिको एकमात्र प्रभावकारी बाटो रहेकामा दुवै एकमत देखिएका छन् ।
आम नागरिक र गैरसैन्य क्षेत्रको सुरक्षा : यस्तै दुवै विदेशमन्त्रीले सैन्य संघर्षका बेला आम नागरिकको सुरक्षाको सिद्धान्त पालन हुनुपर्ने बताएका छन् । यस्तै दुवै देशले तत्काल नागरिक र गैरसैन्य क्षेत्रमा हमला बन्द गर्न तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्पूर्ण तवरबाट पालन गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।
यस्तै ऊर्जा, पानी शुद्धीकरण संयन्त्र, विद्युत् गृह र शान्तिपूर्ण परमाणु संरचनामा हमला नगर्न उनीहरूले आग्रह गरेका छन् ।
समुद्रीमार्गको सुरक्षा : स्ट्रेट अफ होर्मुज र आसपासका क्षेत्र विश्वस्तरमा सामान र ऊर्जाको आपूर्तिका लागि महत्वपूर्ण समुद्री मार्ग रहेको बताउँदै दुवै विदेश मन्त्रीले भनेका छन्– त्यहाँ फसेका जहाज र चालक दलको सुरक्षा सुनिश्चित गर्नुपर्छ । जनता र व्यावसायिक जहाजको यथाशीघ्र र सुरक्षित बाटो दिनुपर्छ । यस्तै स्ट्रेट अफ होर्मुजमा नियमित रूपमा समान्य ढंगले आवतजावत कायम गर्न दुवै देशको साझा धारणा छ ।
संयुक्त राष्ट्र संघको भूमिका : चीन र पाकिस्तानले बहुपक्षीय विश्वको बढावा दिन, मिलेर संयुक्त राष्ट्र संघको भूमिका बलियो बनाउन र राष्ट्रसंघ चार्टर तथा अन्तर्राष्ट्रिय कानुनको सिद्धान्तका आधारमा स्थायी शान्तिका लागि व्यापक सम्झौताको समर्थन गर्ने विषयमा समान धारणा राखेका छन् । –बीबीसी हिन्दीबाट
प्रतिक्रिया 4