+

मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल विजयी

२०८२ चैत  १८ गते ८:५२ २०८२ चैत १८ गते ८:५२
मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले जाम्बियालाई ५-० ले पराजित गरेको छ ।
  • ब्राजिलले युरोपेली राष्ट्र क्रोएसियालाई ३-१ ले हराएको छ ।

१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दुई ल्याटिन राष्ट्र अर्जेन्टिना र ब्राजिल विजयी भएका छन् ।

अर्जेन्टिनाले जाम्बियालाई ५-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसीसहित जुलियन अल्भारेज, निकोलस ओटामेन्डी र भ्यालेन्टिन बार्कोले एक-एक गोल गरे । जाम्बियाका डोमिनिक चान्डाले एक आत्मघाती गोल उपहार दिए ।

ला बोमबोनेरामा भएको यो खेल मेसीका लागि घरेलु मैदानमा फेयरवेल खेल जस्तै बन्यो । मेसीले विश्वकपपछि सन्यास लिने चर्चा चलिरहेको बेला घरेलु समर्थकहरुका बीच उनको यो अन्तिम खेल हुने सम्भावना छ ।

गत शुक्रबार मौरिटानिया विरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले जाम्बियाविरुद्ध पहिलो रोजाइमै खेलेका थिए ।

यस्तै ब्राजिलले युरोपेली राष्ट्र क्रोएसियालाई ३-१ ले हरायो । डानिलो ओलिभिएरा, इगोर थियागो र गाब्रीएल मार्टिनेलीले गोल गरे । क्रोएसियाका लोभरो माजेरले एक गोल पर्काए ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अर्जेन्टिना फुटबल ब्राजिल फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय