+

मितोमाको गोलमा इंग्ल्यान्डमाथि जापानको ऐतिहासिक जित

२०८२ चैत  १८ गते ९:२४ २०८२ चैत १८ गते ९:२४
मितोमाको गोलमा इंग्ल्यान्डमाथि जापानको ऐतिहासिक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानले इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ ।
  • जापानका काओरु मितोमाले खेलको २३औं मिनेटमा एक मात्र गोल गरे ।
  • यो जित एसियाली राष्ट्रले इंग्ल्यान्डविरुद्ध पहिलो पटक हासिल गरेको हो ।

१८ चैत, काठमाडौं । जापानले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जित हात पारेको छ । जापानले इंग्ल्यान्डलाई १–० ले पराजित गरेको हो ।

लन्डनस्थित वेम्बली रंगशालामा मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा जापानका काओरु मितोमाले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको २३औं मिनेटमा मितोमाले उत्कृष्ट काउन्टर आक्रमणलाई गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यसअघि इंग्ल्यान्डसँगको भेटमा दुई हार र एक बराबरी खेलेको जापानले अन्ततः जित निकाल्दै नयाँ इतिहास रचेको हो । साथै, यो इंग्ल्यान्डविरुद्ध कुनै पनि एसियाली राष्ट्रको पहिलो जित पनि हो ।

प्रशिक्षक हाजिमे मोरियासुको नेतृत्वमा जापानले सन्तुलित र अनुशासित प्रदर्शन गर्दै विश्व फुटबलमा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ । पछिल्लो समय जापान उत्कृष्ट लयमा छ र लगातार पाँच खेल जित्दै विश्वकपतर्फ आत्मविश्वासका साथ अघि बढिरहेको छ ।

अर्कोतर्फ, इंग्ल्यान्डको प्रदर्शन निराशाजनक रह्यो । प्रशिक्षक थोमस टुचेलले विभिन्न संयोजन परीक्षण गरे पनि टोलीले अपेक्षाअनुसार खेल देखाउन सकेन । कप्तान ह्यारी केन सामान्य चोटका कारण अनुपस्थित रहँदा टोलीको आक्रमण कमजोर देखिएको थियो ।

जापानले अब विश्वकपमा क्वाटरफाइनल पुग्ने लक्ष्य राखेको छ ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल इंग्ल्यान्ड फुटबल जापान फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय