+
+
Shares

फिल्म ‘एक मुठ्ठी बादल’ को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १३:३५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘एक मुठ्ठी बादल’ ले जेठ १ गते प्रदर्शन मिति तोक्दै पहिलो गीत ‘रेल घुम्यो घुम्ती’ सार्वजनिक गरेको छ।
  • गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् र सुमित पाठकको संगीत रहेको छ।
  • निर्देशक सहारा शर्माले गीतमा तीन पुस्ताका महिलाको भावना समेटिएको र चलचित्रको सार अभिव्यक्त भएको बताउनुभयो।

काठमाडौँ । जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘एक मुठ्ठी बादल’ ले पहिलो गीत सार्वजनिक गरेको छ । ‘रेल घुम्यो घुम्ती’ मा बोलको गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।

सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतलाई हर्क साउदले रचना गरेका हुन् । गीतले एकाघरमा रहेका तीन पुस्ते महिलाको आवाजलाई प्रस्तुत गरेको छ । सुमित नेपाल आइडल सिजन २ उपविजेता हुन् । गायकको रुपमा पहिचान बनाएका सुमितले चलचित्र संगीतमा सुरुवात गरेका हुन् ।

भिडियोले विवाहको अघिल्लो दिन हुने रमाइलोलाई पृष्ठभूमिको रुपमा प्रस्तुत गरेको छ । विवाहको तयारीसँगै सुरु हुने गीतमा निशा शर्मा, उषा रजक र आँचल शर्माले आफ्नो आफ्नो जीवन भोगाइलाई गति दिएका छन् ।

निर्देशक सहारा शर्माका अनुसार गीतमा अभिव्यक्त आवाज नै चलचित्रको सार हो । उनले गीतकार हर्क साउदसँग विभिन्न चरणमा काम गरेको जानकारी गराउँदै गीतमा चलचित्रको कथा अटाउने चाहाना चुनौतीपूर्ण रहेको स्मरण गरिन् ।

‘एक मुठ्ठी बादल’ की निर्देशक सहारा शर्मा भन्छिन्, ‘यो गीत बनाइरहँदा हामी सबै पुस्ताका महिलाको भावना समेट्न चाहन्थ्यौँ । हाम्रा हजुरआमा र नातिनी सबैले आत्मसात गर्न सक्ने सिर्जना पस्कन चाहान्थ्यौँ । त्यो पूरा भएको छ भन्ने लाग्छ ।’

उनी थप्छिन्, ‘यदि तपाईंले ध्यान दिनुभयो भने, फिल्मले समेटेका धेरै विषय मध्ये एउटा विषय यो गीतमा बुनिएको छ ।’

सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको फिल्मको गीतलाई भने प्रतीक गुरुङले निर्देशन गरेका हुन् । गीतमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ । कृष्ण भण्डारीले नै गीतको कलर ग्रेडिङ पनि गरेका हुन् ।

फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय छ ।

फिल्मलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल छन् ।

फिल्ममा लिन्ह डान गुयेन फानको छायांकन, यशस्वी सभरवालको प्रडक्सन डिजाइन, गौरव मल्लिकको सम्पादन, अग्रणी ठकुरी झाको कला, जानकी कडायतको भेषभूषा डिजाइन, कीर्ति जोशीको मेकअप छ । चलचित्रमा मर्णा जेम्सले फिल्मको प्रमुख सहायक निर्देशकको रूपमा काम गरेकी छिन् भने उनलाई सहायकको रुपमा शर्मिला आले र मीरा खड्काले सघाएका छन् ।

फिल्मका लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?